नेकपा एमालेको नाराबाजी पछि संसद १५ मिनेटका लागि स्थगित

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिध सभाको बैठक अवरुद्ध गरेको छ ।

एमालेले सभामुखले आसनमा बसेर एमाले फुटाएको आरोप लगाएको छ । पार्टीले निष्कासन गरेका सांसदहरुलाई बैठकमा प्रवेश दिएको भन्दै एमालेले प्रतिनिधि सभा बैठक अवरुद्ध गरेका हुन् ।

सभामुख अग्नि सापकोटाले अदालतमा मुद्दा विचाराधिन रहेको उल्लेख गरेपनि एमाले सांसदहरु नाराबाजीमा उत्रिएका हुन् । सांसदहरुले सभामुखले फरक फरक व्यवहार गरेको भन्दै नाराबाजी गरिरहेका छन् । माओवादी सांसदहरुलाई निष्कासन गर्न प्रचण्डले पठाएको पत्रलाई मान्यता दिएको र एमालेले निकालेका सांसदहरुलाई कारवाही गर्ने सूचना नटासेँकोमा विरोध गरेका हुन् ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईले एमालेका १४ जना सांसदहरुलाई कारबाही नगरेको भन्दै सभामुखसँग जवाफ माग गरेका छन् । सभामुख सापकोटाले जवाफ दिँदै गर्दा एमाले सांसदहरुले रोस्टम घेराउन गरेका छन् । बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?