युवा नेता गज बहादुर विष्ट काँग्रेस बेलडाँडीको गाँउ सभापतिको दौडमा

कंचनपुर , २३ भदौँ
काँग्रेसका युवा नेता गज बहादुर विष्ट नेपाली काँग्रेस बेलडाँडी गाँउ सभापतिको आँकाक्षी देखिएका छन । काँग्रेस बेलडाँडी गाँउ समितिको सचिव समेत रहेका विष्टले सभापतिको यात्रा तय गरेका छन । १३ औँ महाधिवेशनमा काँग्रेस बेलडाँडीको गाँउ सचिवमा निर्वाचित विष्टले आशन्न १४ औँ महाधिवेशनका लागि बेलडाँडीको सभापतिका यात्रा तय
गरेका हुन ।
३५ बर्षिया काँग्रेस युवा नेता विष्ट किशोरा अवस्थादेखि काँग्रेसको राजनीतिमा होमिएका थिए । स्थानीय रौलेश्वर उच्च मावि अध्ययन गर्दादेखि नै उनी काँग्रेसको राजनीतिमा जोडिएका हुन । पारिवारिक खान्दानी नै काँग्रेसमा भएकाले उनले पनि किशोरा अवस्थादेखि काँग्रेसकै राजनीति गरिरहेका छन । विभिन्न समाजिक संघ संस्था एव युवा उद्यमीमा समेत सकृय रहेका विष्टलाई काँग्रेस युवा पङक्तिको साथ सर्मथन रहेको छ । बेलडाँडी युवा समुहको अध्यक्ष, महाकाली सिँचाई द्वितिय चरण ६ ब्लकको अध्यक्ष समेत रहेका विष्टले विगतमा बेलडाँडी क्षेत्रका युवाका लागि खेलकुद सहितका विभिन्न योजना संचालन गरेका थिए ।
अग्रज नेताहरुलाई माथिल्ला समितिमा पठाएर आफुले गाँउको जिम्मेबारी लिन खोजेको उनले बताए । ‘गाँउका अधिकाँस अग्रज नेता ज्यूहरु माथिल्ला समितिमा गएका छन, ‘उनले भने, ‘अब बेलडाँडीको अबिभारा हामीले सम्हाल्ने हो ।’ आफु सहमती सहकार्यको बाधक नभई सहमतीय आधारमा काँग्रेस बेलडाँडीको नेतृत्व, पदाधिकारी छनौट हुनुपर्ने उनको भनाई छ । ‘म सहमतीको बाधक होर्ईन, ‘उनले भने, ‘यती सबैले सहमती गरे मेरो पनि साथ सर्मथन हुन्छ ।’
काँग्रेस भित्र रहेका गुटउपगुट अन्त्य गर्दै बेलडाँडीमा काँग्रेसलाई एक ढिक्का बनाएर अघि बढ्ने उनको योजना छ । ‘काँग्रेसलाई पूर्ण लोकतान्त्रिक नेता कार्यकर्ता र जनताको लोकप्रिय पार्टी बनाउँछु, ‘उनले भने, ‘त्यही भएर मेरो उम्मेदवारी सभापतिका लागि हो, भावि निर्वाचनमा बेलडाँडीमा काँग्रेसलाई जिताउँछु ।’ पार्टीको गाँउ सभापतिको जिम्मेबारी पाएसंगै पार्टीभित्र सबैलाई मिलाएर लैजाने र बाहिर जनताको आस्था, भरोसाको केन्द्र बिन्दु बनाएर भावि स्थानीय तह सहितका चुनावमा जिताउँने उनले बताए । नेता, कार्यकर्ताको माया ममताका कारण सभापतिको बन्ने ईच्छा जाहेर गरेको उनको भनाई छ ।

ताजा खबर

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको अवसरमा अन्तर्राष्ट्रिय सेमिनार आयोजना

कञ्चनपुर ०१ जेठ महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको...

दोधाराचाँदनीमा शारीरिक अपाङ्गता सहायक सामाग्री चेकजाचँ शिविर 

कञ्चनपुर ३१ बैशाख  कञ्चनपुरको एक नगरपालिकाले शारीरिक अपाङ्गता सहायक सामाग्री...

साक्षर मधेश प्रदेश तयारी सम्बन्धी उच्चस्तरीय विज्ञ कार्यदलको प्रतिवेदन हस्तान्तरण

काठमाडौँ ३० वैशाख  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका माननीय मन्त्री...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?