चिकित्सा शिक्षा आयोगको लापरवाहिका कारण महाकाली बहु प्राविधिक शिक्षालय संचालन काम अलपत्र

भदौ २२, काठमाडौँ । चिकित्सा शिक्षा आयोगको लापरवाहिका कारण महाकाली बहु प्राविधिक शिक्षालय संचालन काम अलपत्र परेको छ । सिटिईभिटिले शैक्षिक शत्र २०७७/०७८ देखिनै पठनपाठनको प्रकृया पुरा गर्न अनुमति दिएको भए पनी अन्तिम निर्णय गर्ने निकाय चिकित्सा शिक्षा आयोगले विभिन्न वाहानामा शिक्षालयको फाईल अडकाई दिदा अझै सञ्चालन ह्न सकेको छैन ।

विपन्न वर्गका विद्यार्थीहरुलाई समेत प्राविधिक शिक्षाको पहुच पुर्याउने लक्ष्यका साथ कञ्चनप्रको महाकाली प्रादेशिक अस्पताल र भीमदत्त नगरपलिकाको सहकार्यमा २०७७/०७८ देखी नै सञ्चालनको तयारीमा रहेको महाकाली बहु प्राविधिक शिक्षालय २०७८/०७९ चिकित्सा शिक्षा आयोगबाट अनुमति नपाउँदा शिक्षालय संचालन हुन सकेको छैन । सिटिईभिटिले शैक्षिक शत्र २०७७/०७८ देखिनै प्रमाणपत्र तह नर्सिङ, सामान्य चिकित्सा, मेडिकल ल्याव टेक्नोलोजी, लगायत सात वटा विषयको प्रकृया थालेको भए पनी चिकित्सा शिक्षा आयोगले फाइईल रोकेको महाकाली अस्पतालका अध्यक्ष कृष्णदत्त जोशीले बताउनु भयो । विगत दश महिना देखी काठमाण्डौ धाउदा समेत यो र त्यो वाहानामा काम रोक्दा हजारौ विद्यार्थीको भविष्य माथी खेलवाड भएको समेत उहाले बताउनु भयो । चिकित्सा शिक्षा आयोगका उपसचीव सिताराम कोईरालाको टेवलमा पुगेर फाईल रोकिएको बताउदै अध्यक्ष जोशीले विभिन्न वाहानामा काम नै नगरिदिएको गुनासो गर्नु भयो । विभिन्न निजि कलेजहरुमा शेयर भएका केहि कर्मचारीको मिलेमतोमा काम रोकेको आरोप लगाउदै अध्यक्ष जोशीले अव आन्दोलन गरेर भए पनी महाकाली बहु प्राविधिक शिक्षालय सञ्चालन गर्नै पर्नेमा जोड दिनु भयो ।
यस्तै गरि लामो समयदेखी महाकाली अस्पतालका अध्यक्ष संगै आयोग धाउदै आएका भीमदत्त नगरपलिकाका कोभिड फोकल प्रसन तथा महाकाली बहु प्राविधिक शिक्षालय व्यवस्थापनको जिम्मेवारी पाएका पंकज रावलले कर्मचारहिरुको नियत नै गलत रहेको हुदा अनुमति पाउन नसकिएको बताउनु भयो । पटक पटक अनरोध गर्दा समेत विभिन्न वाहाना गरेर फाईल नै रोकीदिएको समेत उहाले बताउनु भयो । यस विषयमा आयोगका उपसचीव सिताराम कोईराला लाई बुझ्न कार्यालय पुग्दा उहा कार्यालयमा नै भेटिनु भएन ।

पूर्व शिक्षा मन्त्री गिरिजामणी पोखरेलको पालामा कञ्चनपुरको महाकाली अस्पताललाई बहु शिक्षालयका लागि सिफारिस गरिएको थियो । सिटिइभिटिको परिषद्ले बहु प्राविधिक शिक्षालयका लागि सिफारिस गरे पनि हालसम्म शिक्षालय संचालनका लागि अनुमति पाउँन नसक्दा विद्याथीहरु न्यून शुल्कमा प्राविधिक शिक्षा पढ्ने अवसरबाट बञ्चित भएका छन् । यस विषयमा चिकित्सा शिक्षा आयोगका कार्यकारी समितिका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले समेत चित्त बुझ्दो जवाफ दिनु भएन । कर्मचारकिो लापरवाहिका काराण काम रोकिएको हो की भन्ने प्रश्नमा समेत उहाले घुमाउरो पारामा यस विषयमा आफूलाई केहि पनि थाहा नभएको भन्दै जिम्मेवारी बाट पन्छिन खोज्नु भयो ।

कञ्चनपुरको महाकाली अस्पताल र भीमदत्त नगरपालिकाबीच गत वर्ष नै महाकाली शिक्षालय संचालनका लागि सहमति भएको थियो । जसअनुसार नगरपालिकाले भौतिक तथा आर्थिक सहयोग गर्ने र महाकाली अस्पतालले कर्मचारी व्यवस्थापनमा सहयोग गर्ने सहमति भएको थियो । प्राविधिक शिक्षालय संचालनका लागि १ सय शैयाको अस्पताल हुनुपर्ने प्रावधान रहेको छ भने २ सय ५० शैयाको अस्पताल संचालनमा रहेको महाकाली अस्पतालले सम्पुर्ण भौतिक मापदण्ड पुरा गरि सकेको भए पनी आयोगले अनुमति नदिदा 
प्राविधिक शिक्षा पढ्ने सपना बोकेका विधार्थीको चाहाना अझै पूरा हुन सकेको छैन ।
भदौ २८ गतेसम्म सो शिक्षालयले अनुमति नपाए यस आर्थीक वर्षमा समेत स्वास्थ्य शिक्षा पढ्न पर्खाइमा रहेका विधार्थीमाथि कुठराधात हुने निश्चित छ । तत्काल आयोगले काम अघि नबढाए रिले अनसन लगायत आन्दोलनका कार्यक्रम गर्न बाध्य हुने अस्पताल व्यवस्थापन समितिले चेतावनी दिएको छ ।

ताजा खबर

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?