युवा नेता बम सहित कृष्णपुरका जनप्रतिनिधी समाजवादी पार्टीमा

भदौँ २१ कंचनपुर ,
नेकपा एमाले कञ्चनपुरका युवा नेता सुरेन्द्र बम सहित एमालेबाट स्थानीय तहको चुनाव जितेका कृष्णपुर नगरका जनप्रतिनिधीले नेकपा एकिकृत समाजवादी रोजेका छन ।
एमाले कञ्चनपुरका पुर्व जिल्ला कमिटि सदस्य एव कृष्णपुरका समाजसेवी युवा नेता बम नेतृत्वमा दुई वडाध्यक्ष एव एक सदस्य नेकपा एकिकृत समाजवादी रोजेका हुन । कृष्णपुरका तीनै जनप्रतिनिधीले एमाले परित्याग गर्दै सोमबारदेखि औपचारिक रुपमा समाजवादी पार्टीमा प्रवेस गरेका छन ।
सोमबार कृष्णपुर नगरपालिका ३ का वडाध्यक्ष सुन्दर सिह चौधरी, ९ का वडाध्यक्ष छत्र महरा र वडा सदस्य रुकुम सिह ठगुन्नाले निर्वाचन आयोगको कार्यालय कञ्चनपुरमा गएर एमाले परित्याग गर्दै नेकपा एकिकृत समाजवादीमा प्रवेस गरेको सनाखत गरेका छन । ‘अहिले पहिलो दिन कृष्णपुरका केही जनप्रतिनिधीले नेकपा एकिकृत समाजवादी पार्टी रोजेका छन, ‘कृष्णपुरका युवा नेता बमले भने, ‘अझै समाजवादी पार्टी प्रवेस गर्नेहरुको ओईरो लाग्छ ।’

ताजा खबर

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?