विपदमा महामारी फैलिन नदिन निड्सद्धारा बाढी प्रभावितलाई सरसफाई किट वितरण

महेन्द्रनगर । सामाजिक कार्यमा सक्रिय रहेको निड्स नेपालले कञ्चनपुरका बाढी प्रभावित परिवारलाई सहयोग गरेको छ । केयर नेपाल र निड्स नेपालको साझेदारीमा सञ्चालित परियोजना अन्र्तगत बाढी तथा डुबान प्रभावित घरधुरीहरुलाई सरसफाइ तथा स्वच्छता सुविधाको लागि सरसफाई किट सहयोग गरिएको हो ।

निड्सले जिल्लाको पुनर्वास नगरपालिका र कृष्णपुर नगरपालिकाका बाढी तथा डुबान पिडीतलाई सरसफाई किट सहयोग जनाएको छ । निड्स नेपालका परियोजना संयोजक केशव मलाशीले विपदको समयमा स्वास्थ्य तथा सरसफाई क्षेत्र पुर्ण रुपमा प्रभावित हुने भएकाले अन्य महामारीको जोखिमलाई नियन्त्रण गर्न पिडीतलाई सहयोग गरिएको बताए ।

उनका अनुसार पुर्नवास नगरपालिकाको वडा नम्बर– ५ सिमरीका ६७ बाढी प्रभावित घरधुरी, र वडा नम्बर २ को दशरथ टोलका बाढी प्रभावित १८ परिवारलाई सरसफाईका सामाग्री सहयोग गरिएको छ । त्यस्तै कृष्णपुर नगरपालिका वडा नम्बर २ मछेली टोल बाढी प्रभावित ६ घरधुरीलाई पनि निड्सले सहयोग गरेको छ ।

‘विपदको समयमा विभिन्न रोगको संक्रमण जोखिम रहन्छ ।’ संयोजक मलासीले भने ‘महामारीबाट बच्ने अचुक उपाय पुर्व सतकर्ता र सरसफाई हो, सोही कुरालाई मध्य नजर गदैँ बाढी प्रभावित परिवारलाई सरसफाई किट सहयोग गरिएको हो ।’

वितरण गरिएको सामाग्रीमा हात धुने साबुन (४ थान), कटन तौलिया(२ थान), साबुन दानी(२ थान),लुगा धुने साबुन(४ थान), सेनेटिरी कपडा (५० से.मी. ४ थान), मास्क, सेनिटाईजर, भित्रि वस्त्र, पानी फिल्टर कपडा, बाल्टिन, मग, झोला लगायतका १७ प्रकारको सरसफाईका सामाग्री रहेका छन् ।

सरसफाइ तथा स्वच्छता सुविधाको लागि सरसफाई किट वितरण कार्यक्रममा निड्स नेपालका अध्यक्ष अञ्जु जोशी, र्पुनवास नगरपालिकाका नगर प्रमुख जीवनराम थापा, पुर्नवास वडा नं ५ अध्यक्ष विर बहादुर बोगटीको सहभागीता रहेको थियो भने कृष्णपुर नगरपालिका मछेली खोला किनारमा गरिएको किट वितरण कार्यक्रममा कृष्णपुर–२ वडाध्यक्ष जय नारायण जोशी लगायतको उपस्थिती रहेको थियो ।

नगर प्रमुख थापाले विदपको बेला वितरण गरिएको सरसफाईका सामाग्रीेले रोगव्याधीको संक्रमणको जोखिम नियन्त्रणमा सहयोग पुग्ने बताए । सरसफाई किट पाएपछि बाढी प्रभावित स्थानीय हर्षित भएका छन्

ताजा खबर

महाकाली बहुप्राविधिक शिक्षालय द्धारा दुर्गम वस्ति खल्ला मुसेट्टीमा निःशुल्क विषेसज्ञ स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुर २४ जेठ महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको आयोजनामा भीमदत्त नगरपालिकाको...

भीमदत्त नगर स्तरिय टि २० क्रिकेट प्रतियोगिताको उपाधी मोर्निङ ग्लोरी स्कुललाई

कञ्चनपुर २४ जेठ कञ्चनपुरको होली फेम्ली ईङलिश मिडियम स्कुलमा आयोजना...

भीमदत्तमा मानव–वन्यजन्तु सहअस्तित्व कार्यक्रम : वातावरण संरक्षणसँगै द्वन्द्व न्यूनीकरणमा जोड

कञ्चनपुर भीमदत्त नगरपालिकाको आयोजना तथा निड्स नेपालको समन्वयमा, WWF नेपाल...

सरसफाइ तथा वृक्षारोपण गर्दै कञ्चनपुरमा विश्व वातावरण दिवस मनाइयो

कञ्चनपुर २२ जेठ विश्व वातावरण दिवसको अवसरमा कञ्चनपुरको भीमदत्त नगरपालिकामा...

दोधारा चाँदनीका १ महिने होजियारी तालिम सम्पन्न 

  पप्पु गुरुङ  कञ्चनपुर १९ जेठ महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको दोधारा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?