बेलडाँडी दाजुभाई युवाले महेन्द्रनगरमा खोले ब्रह्मा एसएनडी यूपिभिसी आधुनिक उद्योग विकास सिह महता कञ्चनपुर,

भदौँ  १६ कञ्चनपुर ।  कञ्चनपुरको बेलडाँडीका तीन दाजुभाई युवाले महेन्द्रनगरमा एक आधुनिक उद्योग संचालन गरेका छन । बेलडाँडी गाँउपालिका–१ कञ्चनपुरका युवा सन्तोष सुनार, दिनेश सुनार, नरेश सुनारले मिलेर आधुनिक उद्योग खोलेका हुन । तीनै दाजुभाईले एक बर्ष अघि भीमदत्त नगरपालिका ६ ऐठपुर महेन्द्रनगरमा ब्रह्मा एसएनडी यूपिभिसी झ्याल ढोका उद्योग खोलेर व्यवसाय शुरु गरेका थिए । करिब बर्षदिन नपुग्दै उद्योगको स्तरबृद्धि गरेका छन । अहिले भीमदत्त नगरपालिका ४ भाँसी महेन्द्रनगरमा ब्रह्मा एसएनडी यूपिभिसी झ्याल ढोका उद्योगबाट बस्तु उत्पादन शुरु गरेका छन । तीनै दाजुभाई गाँउकै सामुदायिक रौलेश्वर उच्च माविमा अध्ययन गरेका थिए ।

सानैदेखि मेहनती भएका कारण उनीहरु दाजुभाई मिलेर उद्योग संचालन गरेका छन । बुधबार भाँसी स्थित महेन्द्रनगरमा स्थापना गरिएको एसएनडी यूपिभिसी झ्याल ढोका उद्योगको भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले उद्घाटन गरेका छन । ग्रामिण भेगका हुर्किएका युवाको मेहनत, आँट र कर्मको प्रंससा गरेका छन । मेयर विष्टले युवाशक्ति विदेश पलायन भन्दा यसरी सिकेको सीप र श्रमको सदुपयोग गर्दै आर्थिक समुन्नततर्फ उन्मुख हुनुपर्नेमा जोडदिए । मेयर विष्टले युवा पुस्ताले सीप, श्रम, प्रविधी, पूँजी र बजारको खोजी गरेर स्वदेशमै रोजगारी सृजना गर्नुपर्नेमा सुझाव दिदै नगरपालिकाको तर्फबाट युवा उद्यमका कार्यक्रममा सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

ब्रह्मा एस.एन.डि.यूपिभिसीका प्रबन्ध निर्देशक दिनेश सुनारले उच्च आधुनिक प्रविधीको उद्योग कञ्चनपुरको पहिलो भएको बताए । ‘यस्तो प्रकृतिको उद्योग यस अघि सुदूरपश्चिममा हाम्रो मात्रै थियो, ‘उनले भने, ‘अहिले कैलालीमा एक खुलिसकेको छ, कञ्चनपुरका लागि यो पहिलो नै हो ।’ ५० लाख लागतमा उद्योग स्थापना गरिएको प्रबन्धक सुनारले बताए । ‘हामी तीन दाजुभाई मिलेर काम गरिरहेका छौँ, ‘उनले भने, ‘साईला दाजुले विदेशमा सिकेको सीप स्वदेशमा सदुपयोग गरिरहेको छौँ ।’ उनका अनुसार दैनिक १५० सम्म झ्याल ढोका उत्पादन भईरहेका छन । उद्योग संचालनमा आएसंगै ८ जना स्थानीयले रोजगारी पाएका छन । ‘हामीले उद्योग एक बर्ष पहिले नै स्थापना गरेका थियो, ‘उनले भने, ‘त्यहाँ सानो मेसिन छ, अब ठूला मेसिनबाट काम भईरहेको छ ।’ झ्याल र ढोका ध्वनी सहित, अक्सिजन सहित बलियो भएकाले उपभोक्ताले रुचाएको उनले बताए । जर्मनी प्रविधीबाट झ्याल र ढोका निर्माण गरिने प्रबन्ध निर्देशक सुनारले बताए ।

‘यो नितान्त आधुनिक प्रविधीबाट उत्पादन गरिन्छ, ‘उनले भने, ‘फलाम र स्टील भन्दा कैयन गुना बढि राम्रो छ, त्यही भएर ग्राहकले शुचाईरहेका छन ।’ उद्योगमा उत्पादन भएको बस्तु सूदूरपश्चिम प्रदेशभरी खपत भईरहेको बताउदै उनले निकट भविष्यमै थप सेवा विस्तार हुने बताए । सरकारी, गैर सरकारी एव निजी घर, कार्यालय निर्माण गर्दा बढि माग आईरहेको उनले बताए । ‘सबै काम मेसिनबाटै अटोमेटिक हुन्छ, ‘उनले भने, ‘मानविय जनशक्ति त अपरेटिङ्ग मात्रै हो ।’ काठ अभाव भईरहेका बेला बजारमा यूपिभिसी झ्याल ढोकाको माग बृद्धि भएसंगै उनले उद्योगको स्तरबृद्धि गरेका छन । प्रबन्ध निर्देशक दिनेशका साईला दाजु नरेश सुनार सात बर्ष अघि वैदेशिक रोजगारीक लागि विदेशिएका थिए । उनी साउदी अरबमा ढोका तथा झ्याल निर्माण गर्ने उद्योगमा कार्यरत थिए । दुई बर्ष अघि पहिलो चरणमा देखिएको कोरोना महामारीका बेला नरेश स्वदेश फर्किएका थिए । ६ बर्ष विदेशमा सिकेको सीप उनले स्वदेशमा उद्योगमा लगाईरहेका छन ।

भित्रको काम पुरै काम उनकै निर्देशनमा भईरहेको छ । आधुनिक मेसिन मार्फत झ्याल ढोका निर्माण गरिरहेका छन । ‘म वैदेशिक रोजगारीमा थिए, ‘उनले भने, ‘त्यहाँ सिकेको सीप आफ्नो मातृभूमिमा प्रयोग गरिरहेको छु ।’ कोरोना महामारीका कारण स्वदेश फर्किएका नरेशले दुई दाजुभाईसंग मिलेर उद्योग संचालन गरेका हुन । ‘मैले विदेशमा हुँदा यही काम गरेको हुँ, ‘उनले भने, ‘विदेशमा गर्ने काम आफ्नो मातृभूमिमा गर्ने पहिलेदेखि सोच्थे, आज आएर गरिहेको छु ।’ अर्का उद्योग संचालक सन्तोष सुनारले उद्योग संचालनमा आवश्यक निर्देशन एव सुझाव सल्लाह दिदै आएका छन ।

आधुनिक प्रविधबाट झ्याल ढोका उत्पादन हुन थालेपछि यहाँका घर, कार्यालय भवन निर्माणकर्तालाई समेत सहज र सुविधा भएको छ । तीनै दाजुभाई मिलेर आफु, समाज र देश विकासका लागि गरिरहेको भूमिका बारे स्थानीय एव उनीहरुका सहकर्मीले समेत प्रसंसा गरिरहेका छन ।

ताजा खबर

शिक्षा मन्त्रालयले बोलाएको वार्तामा शिक्षक महासंघ नजाने

काठमाडौँ – नेपाल शिक्षक महासंघले शिक्षा मन्त्रालयले बोलाएको वार्तामा...

देउडा सुदूरपश्चिमको पहिचान हो, अन्तर्राष्ट्रियकरण गर्नुपर्छः मन्त्री साउद

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपट...

भीमदत्त सरसफाई अभियानलाई निरन्तरता

महेन्द्रनगर । कञ्चनपुरमा भीमदत्त सरसफाई अभियानलाई निरन्तरता दिईएको छ...

शैक्षिक गुणस्तर सुधारका लागी विद्यालयहरुको अनुगमन लाई निरन्तरता

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले शैक्षिक गुणस्तर सुधारका लागी विद्यालयहरुको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?