बाढीले कटान गरेपछि उच्च जोखिममा वनहरा नदीको झोलुङ्गे पुल

भदौ १५, कञ्चनपुर- वनहरा नदीले कटान गरेपछि शुक्लाफाँटा नगरपालिका–१२ तिलकी र दमलपट्टिलाई जोड्ने झोलुङ्गे पुल उच्च जोखिममा परेको छ। पुल जोगाउनका लागि निर्माण गरिएको तटबन्ध भत्काएर नदीले बटान गरेपछि पुल जोखिममा परेको स्थानीय मंगलप्रसाद चौधरीले बताए।

‘जग्गा कटान पुलसम्म पुग्न ३० मिटर पनि छैन‚’ उनले भने, ‘पुलसम्म नदीले जग्गा कटान गरे पुल ढल्ने सम्भावना बढेर गएको छ।’ कटानबारे सम्बन्धित निकायमा जानकारी गराए पनि पुल जोगाउन कुनै प्रयत्न नभएको चौधरीको भनाइ छ।

‘पुल बगेमा यस क्षेत्रको आवागमननै रोकिन्छ‚’ स्थानीय बालसुग्रिव रानाले भने, ‘चुरे क्षेत्र र तराई क्षेत्रमा लगातार पानी पर्ने क्रम जारी रहेकाले जग्गा कटानको कार्य रोकिएको छैन।’

पुल क्षेत्रसँगै जोडिएको स्थानीय बासिन्दाको झण्डै दश कठ्ठा बढी धान रोपेको उब्जाउ जग्गा यस वर्षको बाढीले बगाई बगरमा परिणत गरिसकेको छ। वनहरा र दोदा नदीको संगम स्थलमा पुल निर्माण गरिएको छ। यस क्षेत्रको जग्गा नदीको पानी घटने क्रममा बढी कटान गर्दै आएको छ। बलौटे दोमट जग्गा भएकाले थोरै नदीको बाढीले पनि कटान गरी बगाउँदै आएको छ।

वडा अध्यक्ष बाले रानाले पुलसँगै स्थानिय बासिन्दा जग्गा कटानी गर्दै आएको क्षेत्र जोगाउनका नगरपालिका कार्यालयमा जानकारी गराएको भए पनि सुनवाइ नभएको बताए। ‘नदीको बाढीले गर्दै आएको जग्गा कटानी रोक्नका लागि वडासँग बजेटनै छैन‚’ उनले भने, ‘नगरपालिकाले चासो दिँदैन। प्रदेश सरकारसँग बलियो तटबन्ध निर्माणका लागि अनुरोध गरेका छौं तर सुनवाइ भएको छैन।’

दुई तिरबाट नदीले घेरिएको बस्तीका बासिन्दालाई आवतजावतमा सहजता प्रदान गर्नका लागि दुई वर्षअघि झोलुङगे पुल निर्माण गरिएको थियो। तीन सय मिटर लम्बाईको पुल दुई करोड बढीको लागतमा निर्माण गरिएको थियो।

ताजा खबर

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?