भाइरल रोड आइतबार देखि बन्द हुदै

भाद्र ०९ कञ्चनपुर । कञ्चनपुरको भाईरल रोड बन्द हुने । महेन्द्रनगर । कञ्चनपुरको भाईरल रोड बन्द हुने भएको छ । पछिल्लो समय भीमदत्त नगरपालिका महाकाली नदीमा निमार्णाधीन चार लेनको पक्की पुलसँगै बनिरहेको पहुँच मार्ग भाईरल भएपछि आन्तरिक तथा बाह्य पर्यटकहरुको भिड बढदै जाँदा कोरोनाको जोखिम पनि बढेको छ ।
जिल्ला प्रशासन कार्यालय र सरोकारवाला निकायको भाद्र ९ गते बसेको वैठकले कोरोना संक्रमणलाई मध्ये नजर गर्दै तथा उक्त क्षेत्र नेपालको गौरमय योजना र निर्माणधिन अवस्थामा रहेकाले आउँदो आईतवार देखी उक्त क्षेत्रमा आम सर्वसाधारणहरुलाई जान र भिड गर्न पूर्णरुपमा बन्द गरिने प्रमुख जिल्ला अधिकारी रामप्रशाद पाण्डेले मानसखण्डसंग बताए ।
“ पछिल्लो समयमा आमसर्वसाधारणहरुको भिड बढदै गएपछि कोरोनाको जोखिम पनि बढयो , अर्कोतर्फ योजना पनि प्रभावित बन्ने देखिएपछि उक्त निर्णय गरिएको हो ।
” प्रमुख जिल्ला अधिकारी पाण्डेले भने , “ स्थानीय व्यक्ति र निर्माणमा प्रयोग भएका सवारी साधन कर्मचारी वाहेकका अरुलाई पूर्णरुपमा बन्देज गरिने छ । ” भीमदत्त नगरपालिका -११ भुजेला र १२ ऐरी क्षेत्रमा रहेको पक्की सडक बनेसँगै छेउमै बगिरहेको महाकाली र पुल आन्तरिक पर्यटकको रोजाइ बनेपछि दैनिक २ हजार देखी ३ हजारको हाराहारीमा आवतजावत हुने गरेको छ ।

 

ताजा खबर

महाकाली बहुप्राविधिक शिक्षालय द्धारा दुर्गम वस्ति खल्ला मुसेट्टीमा निःशुल्क विषेसज्ञ स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुर २४ जेठ महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको आयोजनामा भीमदत्त नगरपालिकाको...

भीमदत्त नगर स्तरिय टि २० क्रिकेट प्रतियोगिताको उपाधी मोर्निङ ग्लोरी स्कुललाई

कञ्चनपुर २४ जेठ कञ्चनपुरको होली फेम्ली ईङलिश मिडियम स्कुलमा आयोजना...

भीमदत्तमा मानव–वन्यजन्तु सहअस्तित्व कार्यक्रम : वातावरण संरक्षणसँगै द्वन्द्व न्यूनीकरणमा जोड

कञ्चनपुर भीमदत्त नगरपालिकाको आयोजना तथा निड्स नेपालको समन्वयमा, WWF नेपाल...

सरसफाइ तथा वृक्षारोपण गर्दै कञ्चनपुरमा विश्व वातावरण दिवस मनाइयो

कञ्चनपुर २२ जेठ विश्व वातावरण दिवसको अवसरमा कञ्चनपुरको भीमदत्त नगरपालिकामा...

दोधारा चाँदनीका १ महिने होजियारी तालिम सम्पन्न 

  पप्पु गुरुङ  कञ्चनपुर १९ जेठ महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको दोधारा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?