कक्षा १२ को परीक्षा दशैं अगावै

भाद्र ०७, काठमाडौंः– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को स्थगित परीक्षा दशैँ अगावै हुन सक्ने जनाएको छ । कक्षा १२ को परीक्षाको तयारीमा रहेका अधिकांश विद्यार्थीले कोरोना भाइरसविरुद्धको खोप लगाउने वातावरण बनेपछि अब दशैँ अगावै परीक्षा हुन सक्ने अवस्था सिर्जना भएको जानकारी बोर्डका अधिकारीहरूले दिएका छन् ।

११ र १२ हेर्ने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले स्वीकृति दिएमा आफूहरू दशैँ अगावै परीक्षा गर्न सक्ने अवस्थामा रहेको जानकारी दिए । सीसीएमसीसित अनुमति लिएपछि १५ दिनको अग्रिम सूचना दिएर विद्यार्थीका लागि परीक्षाका बारेमा सूचित गरिने उनले बताए । राजधानी र सहरी क्षेत्रमा अध्ययन गर्ने धेरै परीक्षार्थीहरू परीक्षा रोकिएपछि गाउँतिर लागेकाले उनीहरूलाई परीक्षाका बारेमा अग्रिम सूचना दिनुपर्ने अवस्था रहेको उनले बताए ।

सीसीएमसीले अनुमति दिएमा स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गर्दै परीक्षा सञ्चालन गर्न आफूहरूलाई कुनै समस्या नभएको परीक्षा नियन्त्रक शर्माले स्पष्ट गरे । सरकारले यसै साता मात्रै कोरोना भाइरसविरुद्धको खोप कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीलाई उपलब्ध गराएको छ । यसअघि बोर्डले प्रवेशपत्रका आधारमा कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीलाई खोप उपलब्ध गराइदिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई आग्रह गरेको थियो ।

यसअघि साउन २३ गते सम्पन्न बोर्ड बैठकले साउन ३१ गतेदेखि तय गरिएको कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो । कक्षा १२ को परीक्षा दुई पटकसम्म सरिसकेकाले अब सार्न नपर्ने गरी परीक्षाको कार्यतालिका सार्वजनिक गर्ने बोर्डको तयारी छ ।

ताजा खबर

भम्केनी धाममा श्रावणी मेला र चातुर्मासिक महापुराणमा श्रद्धालुको उल्लेख्य सहभागिता

कञ्चनपुर, ११ साउन  कञ्चनपुरको भीमदत्त नगरपालिका–८ स्थित प्रसिद्ध धार्मिक स्थल...

विपद् पूर्वबजार लेखाजोखा सम्बन्धी दुईदिने पालिका स्तरीय छलफल सम्पन्न

कञ्चनपुर, ११ साउन  विपद्को समयमा राहत तथा उद्धार कार्यलाई प्रभावकारी,...

पवनदूत यातायातद्वारा महेन्द्रनगर–काठमाडौं सुविधासम्पन्न ‘राजगद्दी’ बस सेवा सञ्चालन

कञ्चनपुर, १० साउन  पवनदूत यातायात एण्ड अटो म्यानेजमेन्ट प्रालिले कञ्चनपुरको...

भिनपा–८ मा सडक किनार सरसफाइ अभियान, स्थानीयको सक्रिय सहभागिता

कञ्चनपुर, १० साउन भीमदत्त नगरपालिका–८ मा स्थानीय समुदायको सक्रिय सहभागितामा...

पुर्व भारतीय सैनिक हरक सिह भण्डारीको निधन 

कञ्चनपुर, साउन ९  भारतीय सेनामा कार्यरत पुर्व सैनिक एव कञ्चनपुरका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?