दुवै मृगौला पीडित बालिकाको उपचारका लागि समाजिक सञ्जाल मार्फत अभियान

 

भदौ ५  कञ्चनपुर,
दुवै मृगौला पीडित कञ्चनपुरकी बालिका सविना धामीको उपचारका लागि बाह्रदेव ज्यावन सेवा समाजले समाजिक सञ्जाल मार्फत सविना धामी बचाउ अभियान संचालन गरेको छ ।
भीमदत्त नगरपालिका ३ नयाँ तिलकपुरकी १३ बर्षिया बालिका सबिनाको उपचारका लागि बाह्रदेव ज्यावन समाजले समाजिक सञ्जाल फेसबुक मार्फत सविना धामी बचाउ अभियान संचालन गरेको हो ।
सबिनाको घर परिवार आर्थिक रुपमा कमजोर भएकाले उपचारमा समस्या आएपछि शुरुवाती चरणमा स्थानीयबाटै ८५ हजार रुपैया संकलन गरिएको थियो । उक्त रकमले उपचारमा अपुग हुने भएपछि बाह्रदेब ज्यावन सेवा समाजले एक महिनादेखि फेसबुक मार्फत आर्थिक सहयोग संकलन गरेको थियो ।
बाह्रदेव ज्यावन सेवा समाजका अध्यक्ष गोपाल सिह धामीले नानी सविनाको जिवन रक्षाका लागि समाजिक सञ्जाल मार्फत आब्हान गरेर स्वदेश तथा विदेशमा बस्ने नेपाली दाजुभाईबाट आर्थिक सहयोग रकम संलकन गरिएको बताए । उनका अनुसार समाज भित्र बाहिर स्वदेश तथा विदेशबाट सहयोग संकलन गरिएको बताए ।
‘हामीले फेसबुक मार्फत सबिनाको उपचारका लागि अभियान संचालन गर्नुभन्दा अघि नै स्थानीयबाट सहयोग संकलन गरेको रहेछ, ‘अध्यक्ष धामीले भने, ‘त्यसपछि हामीले हाम्रै छोरीचोलीलाई आर्थिक अभावकै कारण मृत्युको मुखबाट जोगाउन सफल भएका छौँ ।’ समाजिक सञ्जाल मार्फत सहयोगका लागि अपिल गरेसंगै विभिन्न क्षेत्रका व्यक्तित्व ज्यूहरुबाट स्वतस्पूर्ति रुपमा सहयोग प्राप्त भएको उनले बताए । ‘हामीले गत साउनदेखि अभियान संचालन ग¥यौँ, ‘उनले भने, ‘एक महिनाको अवधिमा स्वदेश तथा विदेशबाट सोचे भन्दा बढि सहयोग पाप्त भयो ।’ आगामी दिनहरुमा समेत अभियान निरन्तर जारी राख्ने बताए ।
महेन्द्रनगरको रोजपब्लिक एकेडेमी कक्षा ७ मा अध्ययनरत सबिना गत असारमा एक्कासी बिरामी हुँदा उपचारका लागि उनलाई स्थानीय मेडिकलमा लगिएको थियो, त्यहाँ उपचार सम्भव नभएपछि सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीको माया मेट्रो अस्पतालमा दुई साता उपचार गर्दा समेत निको नभएपछी काठमाण्डौँ रिर्फर गरिएको थियो ।
बालिका सबिनाका ठुलबाबु नर बहादुर धामीले सबिनाको अहिले पाटन अस्पताल काठमाण्डौँमा उपचार भईरहेको बताए । ‘हामीले धनगढीको मायामेट्रो अस्पतालबाट निको नभएपछि काठमाण्डौँ लगे, ‘उनले भने, ‘काठमाण्र्डाै पुगेपछि चिकित्सकबाट दुबै मृगौलामा खराबी आएको कुरा सुनाएपछि हामीहरु झन आपत्तमा प¥यौँ ।’ सबिनाको उपचारका लागि घर परिवारको आर्थिक अवस्थाले धान्न नसकिने अवस्थामा स्थानीय, बाह्रदेव ज्यावन समाज लगायतले अभियान संचालन गरेसंगै विभिन्न क्षेत्रबाट सहयोग आएपछि सबिनाले स्वास्थ्य सुधार भएको उनले बताए ।
‘अहिले छोरी सबिनाको स्वास्थ्यमा राम्रो सुधार भएको छ, ‘उनले भने, ‘सिङ्गो समाजका अगुवाको पहलबाट आज सबिनाको स्वास्थ्यमा धेरै सुधार भएको छ ।’ बैदेशिक रोजगारीमा रहेका कृष्ण बहादुर धामीकी छोरी सबिनाको उपचारका लागि सबै क्षेत्रबाट सार्थ सर्मथन पाईएको भन्दै सहयोगमा सहयोगी हातहरुप्रति आभार प्रकट गर्नुभयो । शनिबार एक कार्यक्रमका विच बाह्रदेव ज्यावन सेवा समाजले मृगौला पीडित बालिका सबिनाको ठुली आमा रमिला धामीलाई सबिना धामी बचाउ अभियानबाट संकलन भएको ३ लाख, ५९ हजार, ३ सय ८३ रुपैया बराबरको चेक हस्तान्तरण गरेका छन ।
चेक हस्तान्तरण कार्यक्रममा तिलकपुरका स्थानीय समाजसेवि समेत रहेका महेन्द्रनगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष मानसिह बोहराले समाजका सबै नागरिक मिलेर बालिका सबिनाको उपचारका लागि आर्थिक सहयोग संकलन गरेर उदाहरणीय काम गरेको बताए । ‘आज सबै एक जुट भएर लागेपछि सबिनालाई पूर्नजिवन दिन सफल भएका छौँ, ‘उनले भने, ‘भावि दिनमा समेत मानविय दुख संकटमा परेका मानिसको उद्दार गर्नुपर्छ ।’ बाह्रदेव ज्यावन सेवा समाजका सल्लाहकार सदस्य गगन सिह धामीले संचालन गरेको कार्यक्रममा बाह्रदेव ज्यावन सेवा समाजका सल्लाहकार संयोजक सोबिलाल बोहरा, समाजका उपाध्यक्ष मनिसा धामी, कोषाध्यक्ष हासा फराल(धामी), समाजका वडाध्यक्षहरु जय बहादुर महता, श्याम बहादुर धामी, गोपाल जाग्री र युवा राम ब. धामी लगायतले सबिना धामीको उपचारका लागि सहयोगीमनहरु आभार प्रकट गरेका छन । बाह्रदेव ज्यावन समाजले कोरोना महामारीका बेलामा समेत महाकाली अस्पतालमा समेत तीन सेनिटाईज मेसिन दिएको थियो । समाजका विपन्न व्यक्ति, समुदाय एव राष्ट्र नै संकटमा परेका बेला समाजबाट सहयोग भईरहेको छ ।

ताजा खबर

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको अवसरमा अन्तर्राष्ट्रिय सेमिनार आयोजना

कञ्चनपुर ०१ जेठ महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको...

दोधाराचाँदनीमा शारीरिक अपाङ्गता सहायक सामाग्री चेकजाचँ शिविर 

कञ्चनपुर ३१ बैशाख  कञ्चनपुरको एक नगरपालिकाले शारीरिक अपाङ्गता सहायक सामाग्री...

साक्षर मधेश प्रदेश तयारी सम्बन्धी उच्चस्तरीय विज्ञ कार्यदलको प्रतिवेदन हस्तान्तरण

काठमाडौँ ३० वैशाख  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका माननीय मन्त्री...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?