शिक्षक प्राविको प्र अ माविको, तह अनुसारको प्रअ तोकिदा आन्दोलन

भदौ ५,  महेन्द्रनगर।

कांग्रेस निकाट नेपाल शिक्षक संघका सुदूरपश्चिम प्रदेश अध्यक्ष बिर्ख बहादुर मल्ल लक्ष्मी मावि खैरभट्टीका प्रधानाध्यापक थिए ।दरबन्दी मिलानपछि उनी उक्त विद्यालयका शिक्षक मात्रै रहने भएका छन् । प्रावि तहका शिक्षक भएपनि लामो समयदेखि माविलाई प्रअ भइ सञ्चालन गरिरहेको अवस्थामा दरबन्दी मिलापछि शिक्षकमा मात्रै सीमित हुनुपर्दा उनी आन्दोलनमा होमिएका छन् ।

सामुदायिक विद्यालयका शिक्षक कोहि निजिमा व्यस्त, कोहि सांस्कृतिक कार्यक्रममै ठिक्क

यतिमात्रै होइन, सामुदायिक विद्यालयका शिक्षक भएर उनले महेन्द्रनगर बजारमै निजि विद्यालय सञ्चालन गरिरहेका छन् । उनीले महेन्द्रनगरको कटानमा वेस्टर्न पब्लिक एकेडेमी सञ्चालन गरिरहेका हुन् । आफु निजि विद्यालयमै व्यस्त रहने मल्लको दरबन्दी मिलान विरुद्ध सबैभन्दा चर्काे नारा छ, ‘नगरपालिकाले मापदण्ड विपरित दरबन्दी मिलान गर्यो भन्ने उनको गुनासो छ ।’ शिक्षक संघकै नेता रहेका देव वहादुर खाती प्रावि तहका शिक्षक हुन् । उनले लामो समयदेखि बैजनाथ आधारभुत विद्यालय वनकट्टी प्रअ भएर उक्त विद्यालय चलाई रहेका थिए ।

उक्त विद्यालयमा निमावि तहको स्थायी शिक्षकको दरबन्दी मिलान भएपछि उनी शिक्षक मात्रै कायम भएका छन् । शिव ज्ञानेश्वर आधारभुत विद्यालयका प्रअ रहेका गणेश ऐर पनि प्रावि तहको शिक्षक भइ लामो समयदेखि निमावित तहलाई हाक्दै आएका थिए । पछिल्लो पटक दरबन्दी मिलानपछि उनी शिक्षक मात्रै रहेका छन् ।

‘दरबन्दी मलानले धेरैको प्रअ पद खोसिएको छ त्यहि भएर रुवाबासी चलेको हो,’ लामो समयदेशि अध्यापन पेशामै रहेका एक शिक्षकले भने, ‘खाइपाइ आएको सुविधा र विद्यालयमा पढाउने भन्दा राजनीति गर्न सजिलो थियो, अब प्रअ फेरिएपछि त यो नहुन सक्छ भन्ने डर हो ।’ उनका अनुसार तल्लो तहको शिक्षक माथिल्लो तहमा प्रअ हुदा कार्य सम्पादन मुल्यांकन देखि विद्यालय र शिक्षकको वृत्ति विकास समेत प्रभावित भएको छ । कांग्रेस निकट शिक्षक संघका ८ जना शिक्षकहरु प्रअबाट शिक्षक तथा माथिल्लो तहबाट तल्लो तहमा प्रअ भएका छन् ।

आफुले चलाउदै आएको प्रअ पद खोसिएकै कारण उनीहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले आफु अनुकुल दरबन्दी मिलान नभएकोमा बढी इश्र्या पोखेका हुन् । आन्दोलनमा सबैभन्दा बढी आदर्श र कार्यविधिका कुरा गर्ने शिक्षक संघका जिल्ला सचिव नविनसिंह धामी राहत शिक्षक हुन् ।

उनी जिल्लामा चल्ने मेला महोत्सव र सांस्कृतिक कार्यक्रममै बढी व्यस्त हुन्छन् । खाली भएका बेला पनि उनी विद्यालय भन्दा रेडियो कार्यक्रम सञ्चालन आदीमा बढी व्यस्त हुन्छन् । भीमदत्त नगरपालिकाका्े शिक्षा शाखाका प्रमुख हरिदत्त जोशीले दरबन्दी मिलानले लामो समयदेखि तल्लो तहको शिक्षकले माथिल्लो तहको विद्यालय चलाउदै आएको समस्या समाधान भएको बताए । यसले विद्यालय र शिक्षकको कार्य सम्पादनको मुल्यांकन समेत अब राम्रो हुने उनले बताए ।

स्रोत देशपाटी

 

ताजा खबर

जेनजी आन्दोलन, मेरो दाईजोका समान पनि लुटेर लगे ः कुसुम, राजकीय पदमै नभएका पुर्व मेयर सुरेन्द्र विष्टको घरमा हमला

  कञ्चनपुर, भदौँ २९ हिन्सात्मक बनेको जेनजी आन्दोलन कञ्चनपुरमा निर्वतमान गृहमन्त्री...

दुर्गाथली गाँउपालिकाले जेनजी आन्दोलनमा मासिएका बझाङ्कबासीलाई जनही एकलाख राहत दिने 

कञ्चनपुर, भदौँ २९  जेनजी आन्दोलनमा क्रममा मारिएका सुदूरपश्चिम प्रदेश बझाङ्कमा...

सडक विभागकै निर्देशन विपरित, प्रशासनको अनुमती बिनै दाङ पुगेको महाकाली पुल आयोजनाको गाडीमा तोडफोड आगजनी 

  कञ्चनपुर, २९ भदौँ  २४ भदौँ(मंगलबार) देशभर जेनजी आन्दोलन रणभूमिमा परिणत...

कञ्चनपुरमा ‘जेनजी’ आन्दोलन उग्र, दर्जनौं संरचनामा तोडफोड र आगजनी

कञ्चनपुर, भदौ २७ – कञ्चनपुरमा चलिरहेको ‘जेनजी’ आन्दोलन हिंसात्मक...

जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्यो

काठमाडौं भदौ,  २६ । जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?