प्रहरी र शिक्षकबीच झडप, प्रहरीसहित १७ जना घाइते

भदौ ४ , भीमदत्त  । कञ्चनपुरको भीमदत्त नगरपालिकामा  प्रहरी र शिक्षकबीच शुक्रबार झडप भएको छ । दरबन्दी मिलानको विषयलाई लिएर शिक्षकहरुले भीमदत्त नगरपालिकामा लगाएको ताला प्रहरीले खोलेपछि झडप भएको हो ।

झडपमा परी प्रहरीसहित १७ जना घाइते भएका छन् । घाइते हुनेमा ९ जना प्रहरी, ६ जना शिक्षक र २ जना नगरपालिकाका कर्मचारी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एवं प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

नगर शिक्षा समितिले गरेको दरबन्दी मिलानप्रति असहमति जनाउँदै नेपाली कांग्रेस निकट शिक्षक संघले भीमदत्त नगरपालिकाको मूलगेटमा शुक्रबार तालाबन्दी गरेको थियो ।

नगरपालिकाको मूलगेटमा लगाएको ताला प्रहरीले खोल्ने क्रममा झडप भएको प्रहरीले जनाएको छ । झडपले उग्ररुप लिएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास समेत प्रहार गरेको थियो ।

प्रहरीलाई ताला लगाएर कोठाभित्रै थुनिदिएपछि बल प्रयोग गर्न बाध्य भएको चतुर्वेदीले बताए ।  आन्दोलनरत पक्षले गरेको ढुङ्गामुढाले नगरपालिकाको सभाहल र केही सवारीसाधनमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।

ताजा खबर

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

महिलाको सशक्तीकरणमा ‘एम्पावरिङ हर’ परियोजनाको उल्लेखनीय उपलब्धि

कञ्चनपुर, १६ भदौ । कञ्चनपुरमा महिलाको आर्थिक, सामाजिक तथा नेतृत्व...

बहुवर्षीय ठेक्का वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?