पहिरोले दुई घर पुरिए, खोला थुनियो

भदौँ ४ बझाङ,  । अविरल वर्षापछि आएको पहिरोले बझाङमा दुई घर पुरिएका छन् । बुङ्गल नगरपालिका–६ र ७ मा पर्ने सानीगाड खोलाको माथिबाट आएको पहिरोले दुई घर पुरिएको प्रहरीले जनाएको छ ।

बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रुपक खड्काले पहिरोले वडा नम्बर ६ का दुई घर पुरेर पूर्ण रुपमा क्षति भएको जानकारी दिए । घर पुरिदा मानवीय क्षति नभएपनि गोठमा रहेका पशुचौपाया मरेका छन् ।

स्थानीय बले धामीका तीन भैँसी, दुई गोरु, ७ बाख्रा, नरेन्द्र धामीका चार गाई, दुई गोरु र धने दमाइका दुई गाइ पहिरोमा पुरिएर मरेको डीएसपी खड्काले बताए । घर पुरिएर विस्थापित भएका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको उनले जानकारी दिए । पहिरोले सानीगाड खोला समेत थुनिएको छ ।

खोला थुनिएपछि आसपासका बासिन्दालाई सर्तकता अपनाउन आग्रह गरिएको छ भने इलाका प्रहरी कार्यालय बुङ्गल र नेपाली सेनाको टोली उद्दार कार्यका लागि खटिएको छ ।

ताजा खबर

कञ्चनपुरमा ‘जेनजी’ आन्दोलन उग्र, दर्जनौं संरचनामा तोडफोड र आगजनी

कञ्चनपुर, भदौ २७ – कञ्चनपुरमा चलिरहेको ‘जेनजी’ आन्दोलन हिंसात्मक...

जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्यो

काठमाडौं भदौ,  २६ । जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको...

हट्यो,उपत्यकामा दिउँसोको कर्फ्यु

भदौ २७ काठमाडौं । नेपाली सेनाले काठमाडौं उपत्यकामा दिउँसोको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?