स्वाथ्यकर्मीको लापर्बाहीले शिशु जिवन ठगुन्नाको ज्यान लियो, प्रशासनद्वारा छानबिन समिति गठन 

भदौँ  ३ कञ्चनपुर,  समान्य ज्वँरो आएपछि गत २४ साउनमा कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका ४ दोधाराका १८ महिने शिशु जिवन ठगुन्नालाई उपचारका लागि महेन्द्रनगरको लाफईकेयर प्याथोलोजी क्लिनिकमा ल्याईयो ।

शिशु ठगुन्नाका अभिभावकले उनलाई उपचारका लागि दोधाराबाट महेन्द्रनगरको लाफईकेयर प्याथोलोजी क्लिनिकमा ल्याए । तर, त्यहाँ उपचार सम्भव नभएपछि त्यही कार्यरत महाकाली अस्पतालका चिकित्सक रमेश जोशीकै सल्लाहमा थप उपचारका लागि महाकाली अस्पतालमा ल्याईयो । २४ साउन राती महाकाली अस्पतालमा ल्याएका बालकको अवस्था सुुधारको साटो झन बिग्रीए पछि २५साउनमा अस्पतालले शिशुको उपचारका लागि त्यहाँबाट रिर्फर गरे, तर कागज भने दिएन ।

मृतक शिशु जिवनका बाबु जय बहादुर ठगुन्नाले बाबुको उपचारमा खटिएका चिकित्सक एव स्वास्थ्यकर्मीको लार्पबाहीका कारण जिवनको मृत्यु भएको बताए । ‘हामीले निजीबाट सरकारी अस्पतालमा ल्याऔँ, ‘उनले भने, ‘बाबुको अवस्था ठिक थियो, तर स्वास्थ्यकर्मीको चरम लार्पबाही गरे ।’ पहिलो एक एक सुई लगाएको बताउँदै दोस्रो दिन दुई सुई लगाएर छटफटाउने बनाएको बताउँदै शिशुको मृत्यु महाकाली अस्पतालका चिकित्सक एव स्वास्थ्यकर्मीको लार्पबाहीले भएको बताए ।

‘मैले यो सानो बालकलाई दुई दुई सुई एकै पटक नलगाउन भन्दाभन्दै डाक्टरले मानेन, लगायो, बच्चा त्यही समयदेखि एक्कासी बेहोस भयो, ‘उनले भने, ‘स्वास्थ्यकर्मीबाट उपचारका क्रममा लापर्बाही भएकै कारण उनीहरुले एम्बुलेन्स र आफुहरुसंग दुई स्वास्थ्यकर्मी पठाए ।’ २५ साउनमा धनगढीको नवजिवन अस्पतालमा उपचारका लागि बसेको बताउदै उनले ३२ साउनसम्म उपचार गरिएको बताए ।

‘सरकारबाट उपचारका लागि निजीमा लगियो, ‘उनले भने, ‘पहिल्यै शिशुको स्वास्थ्य बिगारिदिएको रहेछ ।’ एक साता नवजिवन अस्पतालमा उपचार गराएपछि त्यहाँ निको नहुने बताएपछि फेरी महाकालीमै उपचारका लागि शिशुलाई उनले ल्याएको बताएपनि अस्पतालले भने दोस्रो पटक अस्पतालमा शिशुलाई ल्याउँदा पहिल्यै मृत्यु भईसकेको जनाएको छ ।

‘मेरो छोरालाई जहाँ भर्ना गरिएको थियो, त्यहाँका नर्स, स्वास्थ्यकर्मी मोवाईल, टिकटक र फोनमा धेरै बिजी थिए, उनीहरुले राम्रोसंग केयर गरेनन, ‘उनले भने, ‘हतारहतारमा आएर एक पटक हेरेर दुई दुई सुई लगाएको झन बेहोस बनाएर, शिशुको स्वास्थ्य बिगा¥यो ।’ नवजिवनको डाक्टरले बचाउन नसकिने भएपछि फेरी महाकालीमै ल्याएको उनको दावि छ ।

पहिलो सन्तान समेत गुमेकाले दोस्रो सन्तानको स्वास्थ्यका लागि औधी केयर गर्दागर्र्दै स्वास्थ्यकर्मीकै लार्पबाहीबाटै जिवनको ज्यान गएको उनको दुखेसो छ । मृतक शिशुकी हजुरआमा ज्योती ठगुन्नाले चाहिए र क्षमता बढि डोजको सुई लगाएर नातिलाई स्वास्थ्यकर्मीले नै मृत्युको मुखमा पु¥याईदिएको बताईन ।

‘अस्पताल ल्याउने क्रममा हिडेर आएको शिशु उपचारको साटो लाशमा परिणत भयो, ‘उनले भनिन, ‘सरकारमा हुने चरम लापर्बाहीले हामीले एउटा कोपिला गुमाए ।’ उनले उपचारका क्रममा लार्पर्बाही गर्ने स्वास्थ्यकर्मी, चिकित्सकमाथि कार्बाहीको माग अघि सारेकी छिन । ‘हाम्रो नातिको उपचारमा लार्पबाहीले मरेको हो, ‘उनले भने, ‘सरकार तलब खाएर जनताको काम नगर्ने र वेवास्ता गर्नेमाथि कार्बाही गर्नुपर्छ ।’ महाकाली अस्पतालका निमित्त मेसु डा.हरि कुमार श्रेष्ठले औषधीले रिएक्सन भएको बताए । निमोनियाले भर्ना भएका शिशुको औषधीले साईडईफेक्ट भएको बताए ।

‘शिशुको अवस्था जटिल भएकाले हामीले एम्बुलेन्ससंगै अस्पतालबाटै जनशक्ति पठाएका थियौँ, ‘उनले भने, ‘बिरामीको सहजताका लागि सहजिकरण गरेका छौँ ।’ रिर्फर गरेको काममा कागज छुटेको भएपनि रिर्फर नै भएको बताए । ‘हामीबाट लार्पर्बाही भएको छैन, ‘निमित्त मेसु श्रेष्ठले भने, ‘लार्पबाही भएको वा के भएको बारे छानबिन समितिकै प्रतिवेदनका आधारमा कार्बाही हुन्छ ।’ उनले अस्पतालबाट कमिकमजोरीन भएको दावि गरे । मृतक परिवारले शिशुको मृत्युको कारण लार्पबाहीले भएको भन्दै शव बुझेका छैनन ।

तीन दिनदेखि शिशुको शव महाकाली अस्पतालमै राखेर दोषि उपर कार्बाहीको माग अघि सारेपछि स्थानीय प्रशासनले जिवन मृत्यु प्रकरणमा छानबिन समिति गठन गरेको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रशासकीय अधिकृत कृष्णानन्द भट्टको संयोजकत्वमा तीन सदस्यीय छानबिन टोली गठन गरेको हो । सदस्यमा स्वास्थ्य कार्यालयबाट कपिलदेव जोशी र अस्पताल व्यवस्थापन समितिका सदस्य कृष्णानन्द भट्ट रहेका छन । छानबिन समितिले बिहीबारदेखि अस्पतालमा छानबिन गरिरहेको जनाएको छ ।

ताजा खबर

निर्मला पन्तको बलात्कार पछि हत्या भएको ६ वर्ष पूरा, अनुसन्धान नतिजा शून्य

कञ्चनपुर - कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार...

पर्यावरण संरक्षणका लागी भम्केनी धाममा वृक्षारोपण

कञ्चनपुर - पर्यावरण संरक्षणका लागी कञ्चनपुरको भम्केनी धाम तथा नागार्जुन...

वास्तविक भूमिहिन वस्तिमा डोजर नचलाउन भुमिहीन सुकुम्बासी, मजदुर तथा खोकाछाप्रा पीडितकाे माग

कञ्चनपुर-वास्तविक भूमिहिन वस्तिमा डोजर नचलाउन भुमिहीन सुकुम्बासी, मजदुर तथा...

जोगबुढा नदीको विचको भाग सफाई गरिदिन सुन्दरनगरका स्थानीयहरुकाे माग

कञ्चनपुर-दोधारा चादनी नगरपालिका वडा नम्वर ८ सुन्दरनगरका स्थानीयहरुले लामो...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?