सुदूरपश्चिममा साउनमा थपिए १३ सय कोरोना संक्रमित

भदौ ३, डोटी । सुदूरपश्चिम प्रदेशमा साउन महिनामा एक हजार ३३२ जनामा कोरोना संक्रमण देखिएको छ । सोमबार मात्रै प्रदेशभर ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भयो । जसमा २२५ नमुनाको पीसीआर परीक्षण गर्दा ३० जना र ६८० एन्टिजेन परीक्षणमा १० जनामा कोरोना भाइरस संक्रमण देखिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

साउनमा एन्टिजेन विधिबाट १७ हजार ९६७ जनामा परीक्षण गरिएको थियो । तीमध्ये ३३७ जनामा संक्रमण देखिएको छ । यस्तै पाँच हजार ७९ जनाको पीसीआर परीक्षण गरेकोमा ९९५ जनामा कोरोना संक्रमण देखिएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ । प्रदेशमा साउन महिनामा ६ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

हालसम्म ४५ हजार संक्रमित

प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार साउन महिनासम्म सुदूरपश्चिम प्रदेशमा ४५ हजार सात सय ५७ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म एन्टिजेन विधिबाट परीक्षण गरिएका ९९ हजार ९७८ मध्ये नौ हजार ८७ जनामा संक्रमण पुष्टि भएको छ । यो संख्या कुल परीक्षण गरिएका व्यक्तिहरुको संख्याको नौ प्रतिशत हो । यस्तै पीसीआर विधिबाट परीक्षण गरिएका दुई लाख नौ हजार ७८ मध्ये ३६ हजार ६७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या पीसीआर विधिबाट विधिबाट परीक्षण गरिएका कुल संख्याको १८.२४ प्रतिशत हो ।

सुदूरपश्चिममा कोरोना संक्रमणबाट हालसम्म ५८० जनाको मृत्यु भएको छ । तीमध्ये पीसीआर परीक्षणबाट संक्रमण पुष्टि भएको ३३५ जना र एन्टिजेनबाट पुष्टि भएका २४५ जना छन् । साउनसम्मको तथ्यांक अनुसार सुदूरपश्चिम प्रदेशमा ४११ जना सक्रिय संक्रमित रहेका छन् ।

संक्रमितमध्ये ४५ प्रतिशत २०३९ उमेर समूहका

सुदूरपश्चिममा हालसम्म पुष्टि भएका कुल संक्रमितमध्ये ४५.७७ प्रतिशत २० देखि ३९ वर्ष उमेर समूहका रहेका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार साउन मसान्तसम्म पुष्टि भएका कुल संक्रमित ४५ हजार ७५७ मध्ये २० हजार ९६० सो उमेर समूहका रहेका छन् । यसमा पनि २० देखि २९ वर्ष उमेरका संक्रमितहरुको संख्या बढी देखिन्छ । यस उमेर समूहका सात हजार ८१३ पुरुष र तीन हजार ७२६ महिला गरी ११ हजार ५३९ संक्रमित छन् । यो संख्या प्रदेशका कुल संक्रमित संख्याको २५.२१ प्रतिशत हुन आउँछ ।

सावधानी छैनजोखिम अझै छ

तेस्रो लहरको संक्रमण फैलिने खतरा रहे पनि सावधानी नभएको प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थी बताउँछन् । ‘न मास्क लगाउँछन्, न भौतिक दूरी छ,’ डा. अवस्थी भन्छन्, ‘पहिलो लहरको संक्रमण फैलिंदा केही डर थियो सर्वसाधारणमा तर अहिले त्यो देखिंदैन ।’ उनले कोरोना महामारीको बारेमा राम्रोसँग बुझेका व्यक्तिहरुले समेत लापरबाही गर्ने गरेको बताए ।

तेस्रो लहर आएका त्यसको रोकथामका लागि पूर्वतयारी भइरहेको पनि डा. अवस्थीले बताए । ‘कैलाली र कञ्चनपुरमा एक/एक हजार शैय्याका होल्डिङ सेन्टर निर्माण हुँदैछन्,’ उनले भने, ‘ती सेन्टरहरु निर्माण भएपछि भारतबाट आउनेहरुलाई सीमा नाकामै परीक्षण गर्ने र संक्रमित देखिए होल्डिङ सेन्टरमा राखेर निको भएपछि मात्रै घर पठाउँछौं ।’

उनले प्रदेशभित्र रहेका अस्पतालहरुको पनि स्तरोन्नति गर्ने तयारी भइरहेको बताए । तीन तहका सरकारबीच समन्य नभएका कारण स्वास्थ्य क्षेत्रमा काम गर्न समस्या भइरहेको डा. अवस्थीले बताए ।

अनलाइन खबरबाट शाभार

ताजा खबर

वाढीले भत्काएको सुुडा पुल ठेक्का सम्झौता अघि नै पुर्ननिर्माण 

  सुनिल राना कञ्चनपुर, २५ असार काम गरे के हुँदैन, यो उदाहरण...

वाढीले भत्किएको महेन्द्रराजमार्ग सुडा पुल समय अगावै निर्माण सम्पन्न

कञ्चनपुर, २४ असार । गत बर्ष भिषणा बर्षासंगै २३ असार...

पहिलो पटक सिद्धनाथ मन्दिरमा महाआरती हुने

कञ्चनपुरकोे महेन्द्रनगर सिद्धनाथ मन्दिर(सिद्धबाबा)मा पहिलो पटक महाआरती संचालन हुने...

मेयर ओझाद्वारा महेन्द्रनगर नमुना मावि साधारण स्कुलको अनुगमन

कञ्चनपुर, असार २२ कञ्चनपुरको एक स्थानीय सरकारका प्रमुख देखिका जनप्रतिनिधीले...

महाकाली गाईडबण्ड सन्तोषजनक ः गृहमन्त्री लेखक

उपेश सिंह धामी कञ्चनपुर २२ असार । कञ्चनपुर स्थित महाकाली गाईडबण्ड,दोधाराचाँदनी...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?