सुदूरपश्चिममा साउनमा थपिए १३ सय कोरोना संक्रमित

भदौ ३, डोटी । सुदूरपश्चिम प्रदेशमा साउन महिनामा एक हजार ३३२ जनामा कोरोना संक्रमण देखिएको छ । सोमबार मात्रै प्रदेशभर ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भयो । जसमा २२५ नमुनाको पीसीआर परीक्षण गर्दा ३० जना र ६८० एन्टिजेन परीक्षणमा १० जनामा कोरोना भाइरस संक्रमण देखिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

साउनमा एन्टिजेन विधिबाट १७ हजार ९६७ जनामा परीक्षण गरिएको थियो । तीमध्ये ३३७ जनामा संक्रमण देखिएको छ । यस्तै पाँच हजार ७९ जनाको पीसीआर परीक्षण गरेकोमा ९९५ जनामा कोरोना संक्रमण देखिएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ । प्रदेशमा साउन महिनामा ६ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

हालसम्म ४५ हजार संक्रमित

प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार साउन महिनासम्म सुदूरपश्चिम प्रदेशमा ४५ हजार सात सय ५७ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म एन्टिजेन विधिबाट परीक्षण गरिएका ९९ हजार ९७८ मध्ये नौ हजार ८७ जनामा संक्रमण पुष्टि भएको छ । यो संख्या कुल परीक्षण गरिएका व्यक्तिहरुको संख्याको नौ प्रतिशत हो । यस्तै पीसीआर विधिबाट परीक्षण गरिएका दुई लाख नौ हजार ७८ मध्ये ३६ हजार ६७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या पीसीआर विधिबाट विधिबाट परीक्षण गरिएका कुल संख्याको १८.२४ प्रतिशत हो ।

सुदूरपश्चिममा कोरोना संक्रमणबाट हालसम्म ५८० जनाको मृत्यु भएको छ । तीमध्ये पीसीआर परीक्षणबाट संक्रमण पुष्टि भएको ३३५ जना र एन्टिजेनबाट पुष्टि भएका २४५ जना छन् । साउनसम्मको तथ्यांक अनुसार सुदूरपश्चिम प्रदेशमा ४११ जना सक्रिय संक्रमित रहेका छन् ।

संक्रमितमध्ये ४५ प्रतिशत २०–३९ उमेर समूहका

सुदूरपश्चिममा हालसम्म पुष्टि भएका कुल संक्रमितमध्ये ४५.७७ प्रतिशत २० देखि ३९ वर्ष उमेर समूहका रहेका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार साउन मसान्तसम्म पुष्टि भएका कुल संक्रमित ४५ हजार ७५७ मध्ये २० हजार ९६० सो उमेर समूहका रहेका छन् । यसमा पनि २० देखि २९ वर्ष उमेरका संक्रमितहरुको संख्या बढी देखिन्छ । यस उमेर समूहका सात हजार ८१३ पुरुष र तीन हजार ७२६ महिला गरी ११ हजार ५३९ संक्रमित छन् । यो संख्या प्रदेशका कुल संक्रमित संख्याको २५.२१ प्रतिशत हुन आउँछ ।

सावधानी छैन, जोखिम अझै छ

तेस्रो लहरको संक्रमण फैलिने खतरा रहे पनि सावधानी नभएको प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थी बताउँछन् । ‘न मास्क लगाउँछन्, न भौतिक दूरी छ,’ डा. अवस्थी भन्छन्, ‘पहिलो लहरको संक्रमण फैलिंदा केही डर थियो सर्वसाधारणमा तर अहिले त्यो देखिंदैन ।’ उनले कोरोना महामारीको बारेमा राम्रोसँग बुझेका व्यक्तिहरुले समेत लापरबाही गर्ने गरेको बताए ।

तेस्रो लहर आएका त्यसको रोकथामका लागि पूर्वतयारी भइरहेको पनि डा. अवस्थीले बताए । ‘कैलाली र कञ्चनपुरमा एक/एक हजार शैय्याका होल्डिङ सेन्टर निर्माण हुँदैछन्,’ उनले भने, ‘ती सेन्टरहरु निर्माण भएपछि भारतबाट आउनेहरुलाई सीमा नाकामै परीक्षण गर्ने र संक्रमित देखिए होल्डिङ सेन्टरमा राखेर निको भएपछि मात्रै घर पठाउँछौं ।’

उनले प्रदेशभित्र रहेका अस्पतालहरुको पनि स्तरोन्नति गर्ने तयारी भइरहेको बताए । तीन तहका सरकारबीच समन्य नभएका कारण स्वास्थ्य क्षेत्रमा काम गर्न समस्या भइरहेको डा. अवस्थीले बताए ।

अनलाइन खबरबाट शाभार

ताजा खबर

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

उदयदेव सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न, उत्पादनमूलक कर्जामा जोड

कञ्चनपुर, २३ असोज  कञ्चनपुरको पुरानो सहकारी संस्थामध्ये एक उदयदेव बहुउद्देश्यीय...

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?