यौन व्यवसाय सञ्चालन गरेको आरोपमा ७ जना पक्राउ

भदौ ३, ललितपुर । महानगरीय प्रहरी परिसर ललितपुरले यौन व्यवसाय सञ्चालन गरेको आरोपमा ७ जनालाई पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका-३ कान्तिपुर हाईटस्थित अपार्टमेन्टमा अवैध रुपमा यौन व्यवसाय सञ्चालन गर्दै आएको भन्ने सूचानको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई मंगलबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-२८ ढल्कु बस्ने झापा दमक नगरपालिका-७ घर भएका ५० वर्षीय राजेश अग्रवाल, काठमाडौं महानगरपालिका-६ कुमारीगाल बस्ने रुकुम पेउघाट गाउँपालिका-८ घर भएकी २३ वर्षीया ललिता विक, काठमाडौं बुढानीलकण्ठ नारायणस्थान बस्ने बर्दिया ठाकुरबाबा नगरपालिका घर भएका २९ वर्षीय सुनिल बिष्ट, ललिपतुर ललितपुर महानगरपालिका-८ पाटन सुन्धारा बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-३ सानो पोखरा घर भएकी ४२ वर्षीया गिता खड्गी, काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने २४ वर्षीया क्रिष्टीना केसी, काठमाडौं काँडाघारी बस्ने सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका-३ बाह्रविसे घर भएकी २५ वर्षीया निर्मला न्यौपाने र काभ्रे पनौती नगरपालिका-७ घर भएका ३३ वर्षीय प्रतिक कर्माचार्य रहेका छन् ।

पक्राउ परेका उनीहरुमाथि जिल्ला अदालत ललितपुरबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

ताजा खबर

एसईई उत्र्तिण विद्याथीलाई एलबिएको सम्मान

कञ्चनपुर, असार २८ कञ्चनपुरकोे एक निजी विद्यालयले माध्यामिक परीक्षा...

माओवादी केन्द्र भीमदत्त नगर ५को सम्मेलन, अध्यक्षमा तिरुवा

 कञ्चनपुर, असार २८ नेकपा माओवादी केन्द्र भीमदत्त नगरपालिका ५नम्बर वडाको...

नवराज भट्टको काँधमा बैजनाथ मावि पिटिए

डिल्लीराज पन्त, असार २७ कञ्चनपुर महेन्द्रनगरको बैजनाथ माध्यामिक विद्यालय...

सुदूरका युवा उद्यमी चन्द औद्योगिक तथा लगानी प्रर्बद्धन बोड सदस्यमा नियुक्त

कञ्चनपुर, असार २७ सुदूरपश्चिम प्रदेशका एक युवा उद्यमी औद्योगिक तथा...

विष्णू मन्दिर सडक मापदण्ड अनुरुप गुणस्तरिय बनाउन स्थानीयको माग

कञ्चनपुर २६ असार । कञ्चनपुरको उत्तरी भेग विष्णू मन्दिर सडक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?