संसदका दुबै सदनको अधिवेशन आज राति १२ बजेदेखि अन्त्य

साउन ३२, काठमाडौं । संसदको दुवै सभाको अधिवेशन अन्त्य गएिको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को चालु अधिवेशन अन्त्य गरेकी हुन् । प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन साउन ३२ गते राति १२ बजेदेखि लागु हुने गरी राष्ट्रपति भण्डारीले अन्त्य गरेकी हुन्।
आज बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले संघीय संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।
आज राति १२ बजेदेखि प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन अन्त्य हुनेबारे प्राप्त सूचना सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधसभाको बैठकमा पढेर सुनाएका थिए । चालु अधिवेशनमा तत्कालिन केपी ओलीको सरकारले ल्याएको विभिन्न अध्यादेशबारे छलफल गर्नुपर्ने महत्वपूर्ण कामलाई थाँती राख्दै वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले मन्धिपरिषदले अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफरिस गरेको हो । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक गरेको संसद विघटन सर्वोच्च अदालतले पुर्नस्थापना गरेपछि साउन ३ गते पहिलो बैठक बसेको थियो त्यही दिन प्रधानमन्त्री देउवाले विश्वासको मत पनि लिएका थिए ।

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?