

साउन ३२, काठमाडौं । संसदको दुवै सभाको अधिवेशन अन्त्य गएिको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को चालु अधिवेशन अन्त्य गरेकी हुन् । प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन साउन ३२ गते राति १२ बजेदेखि लागु हुने गरी राष्ट्रपति भण्डारीले अन्त्य गरेकी हुन्।
आज बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले संघीय संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।
आज राति १२ बजेदेखि प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन अन्त्य हुनेबारे प्राप्त सूचना सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधसभाको बैठकमा पढेर सुनाएका थिए । चालु अधिवेशनमा तत्कालिन केपी ओलीको सरकारले ल्याएको विभिन्न अध्यादेशबारे छलफल गर्नुपर्ने महत्वपूर्ण कामलाई थाँती राख्दै वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले मन्धिपरिषदले अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफरिस गरेको हो । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक गरेको संसद विघटन सर्वोच्च अदालतले पुर्नस्थापना गरेपछि साउन ३ गते पहिलो बैठक बसेको थियो त्यही दिन प्रधानमन्त्री देउवाले विश्वासको मत पनि लिएका थिए ।

