एसबिआई बैक महेन्द्रनगरद्धारा मदन भण्डारी आधारभुत विद्यालयमा खेल सामाग्री निर्माण

महेन्द्रनगर ३२ साउन ।
नेपाल एसबिआई बैक महेन्द्रनगर शाखाले भीमदत्त नगरपालिका–१८ स्थित मदन भण्डारी स्मृती आधारभुत विद्यालयमा खेल समाग्री निर्माण गरेको छ । बैकको महेन्द्रनगर शाखाले संस्थागत उत्तरदायित्व अर्न्तगत विद्यालयमा बालबालिका लागि खेल सामाग्री निर्माण गरेको हो ।


बैंकका महेन्द्रनगर शाखा प्रवन्धक किशोर रिजालले संस्थागत उत्तरदायित्व अर्न्तगत विद्यालयमा बालबालिकाका लागि खेल सामाग्री निर्माण गरेको बताए । उनका अनुसार बैकले चिप्लेटी, झुला लगायतका बालबालिकाको मनोरञ्जनका सामाग्री निर्माण गरिएको छ ।

बैकको आर्थिक सहयोगमा विद्यालयले निर्माण गरेका खेल सामाग्रीको सोमबार बैकले चेक हस्तान्तरण गरेको छ । नेपाल एसबिआई बैक सुदुर प्रदेश प्रमुख मनोज कुमार शर्माको प्रमुख आतिथ्यतामा विद्यालयलाई ८० हजारको चेक हस्तान्तरण गरेको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश प्रशाद पन्त, प्रधानाध्यापक डा. पदमा भण्डारी साउदलाई उक्त चेक हस्तान्तरण गरिएको हो ।
विद्यालयकी प्रअ साउँदले खेल सामाग्री निर्माण गरि सहयोग गरेकोमा बैकलाई धन्यावाद दिईन् । उनले खेल सामाग्री निर्माणले बालबालिकामा उत्साह थपेको बताईन् । विशेष गरि गरिब परिवार, सुकुम्बासी, मुत्त कमैया परिवारका बालबालिबालिका पढ्ने गरेको उक्त विद्यालयमा खेल सामाग्री निर्माणपछि विद्यार्थीको आर्कषण बढेको उनको भनाई छ ।

‘खेलकुद सामाग्री निर्माण भएपछि यस क्षेत्रका बालबालिका खुसी भएका छन्, खेल सामाग्रीले पनि बालबालिका विद्यालय भर्ना हुने क्रम बढेको छ ।’ प्रअ साउँदले भनिन् ‘विद्यालयलाई राम्रो बनाउन लागि परेको छौँ, अहिले राम्रो भएका विद्यालयलाई सबैले सहयोग गर्छन तर कमजोर अवस्था भएकालाई सुधार गरि राम्रो बनाउनेतर्फ ध्यान दिएको पाईदैँन् ।’ कमजोर अवस्था रहेका विद्यालय सुधारमा सरोकारवालाको ध्यान जानु पर्ने उनको सुझाव छ ।
त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश प्रशाद पन्तले विभिन्न समस्या र चुनौतिका बाबजुद पनि विद्यालय सुधारका लागि काम गरिरहेको बताए ।
विद्यालयले स्थापनाकाल देखि नै विभिन्न समस्या झेल्दैँ आएको बताउँदै अध्यक्ष पन्तले भने ‘यहाँ राम्रो गर्नेलाई सहयोग प्रोत्साहन गर्ने वातावरण छैन्, सबैको सहयोग मिले सामुदायिक विद्यालय सुधार गर्न सकिन्छ ।’
उनले अगाडी थपे सबै सरकारवाला निकायलाई हामी सहयोगका लागि आग्रह पनि गर्दछौँ, अहिले करिब दुई सय ५० विद्यार्थी अध्ययरत छन्, गुणस्तरिय शिक्षामा विद्यालयले जोड दिएको छ ।’
नेकपा एमालेका प्रदेश कमिटी सदस्य समेत रहेका नेता पन्तले विद्यालयका लागि आवश्यक पुर्वाधार निर्माणका लागि संघ, प्रदेश र स्थानीय तहका सरकारसँग पहल गरिएको समेत बताए ।
चेक हस्तान्तरण कार्यक्रममा बैककातर्फबाट कर्जा शाखाका सुरज भट्ट र शिक्षककोतर्फ देवराज झट्टले मन्तव्य राखेका थिए ।
कार्यक्रममा विद्यालय बैकका कर्मचारीलाई स्वागत गरेका थियो कार्यत्रममा बैकको महेन्द्र नगर शाखाका सहायक प्रमुख भुपेन्द्रमान श्रेष्ठ, अपरेसन ईन्चार्ज सन्तोष चौलागाई, विद्यालयका शिक्षक, शिक्षीका र पत्रकार लगायतको सहभागीता रहेको थियो ।

ताजा खबर

महाकाली बहुप्राविधिक शिक्षालय द्धारा दुर्गम वस्ति खल्ला मुसेट्टीमा निःशुल्क विषेसज्ञ स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुर २४ जेठ महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको आयोजनामा भीमदत्त नगरपालिकाको...

भीमदत्त नगर स्तरिय टि २० क्रिकेट प्रतियोगिताको उपाधी मोर्निङ ग्लोरी स्कुललाई

कञ्चनपुर २४ जेठ कञ्चनपुरको होली फेम्ली ईङलिश मिडियम स्कुलमा आयोजना...

भीमदत्तमा मानव–वन्यजन्तु सहअस्तित्व कार्यक्रम : वातावरण संरक्षणसँगै द्वन्द्व न्यूनीकरणमा जोड

कञ्चनपुर भीमदत्त नगरपालिकाको आयोजना तथा निड्स नेपालको समन्वयमा, WWF नेपाल...

सरसफाइ तथा वृक्षारोपण गर्दै कञ्चनपुरमा विश्व वातावरण दिवस मनाइयो

कञ्चनपुर २२ जेठ विश्व वातावरण दिवसको अवसरमा कञ्चनपुरको भीमदत्त नगरपालिकामा...

दोधारा चाँदनीका १ महिने होजियारी तालिम सम्पन्न 

  पप्पु गुरुङ  कञ्चनपुर १९ जेठ महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको दोधारा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?