दार्चुलाका अधिकांश विद्यार्थी इन्टनेटको पहुँच बाहिर

३२ साउन  दार्चुला ।

दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर १ का कलावती धामी ७ कक्षामा अध्यानरत विद्यार्थी हुन् । उनलाई अनलाइन कक्षा भनेको के हो ? भन्ने थाहसम्म छैन । कोभिड महामारीले विद्यालय बन्द भएपछि कापी–किताब विद्यालय लिने झोला जहाँको त्यहीँ छ ।  विद्यालयलाई बिर्सदै गएकी छिन् । लामो समय विद्यालय बन्द रहँदा पढ्ने रुचि पनि घटिसक्यो ।  बरु सधैँजसो उनी मेलापात, गाई–भैँसीको गोठाला, खेतबारी गोडमेल र घाँस दाउरा काट्नमै दिन बित्छ ।
‘अनलाइन कक्षा हुन्छ कि नाइँ ?’ उनी उल्टै प्रश्न गर्छिन्, ‘अनलाइन कक्षा भनेको के हो ?’ ‘कोभिडका कारण विद्यालय बन्द भयो, किताब हेरौँ त सिकाइदिने कोही छैनन् घरमा कसरी पढ्ने, गाइभैँसी हेर्न र घाँस–दाउरा गर्न नै ठिक्क हुन्छ । दिनभरिको कामले गर्दा किताब हेर्ने फुर्सदसम्म हुँदैन’ ‘गोरु–गोठाला, खेतवारी गोड्मेल र घाँसदाउरा काट्न मै उनका दिनहरु बित्छन् ।

कोभिडका कारण परीक्षा नदिएरै मुल्याकङ्कनका आधारमै दिलेन्द्र सामन्त १० पास गरेर ११ पुगे विद्यालय बन्द छ । उनको पनि दैनिकी पनि प्रायः चुलोमा खाना बनाउनमै बित्छ । अनि बचेको समय बाख्रा चराउनमै समय बित्छ‘विद्यालय जाऊँ त विद्यालय बन्द छ, अनलाइन कक्षा पढौँ त नेट इन्टनेटको सुविधा छैन, बिहान साँझको समय चराउदै दिन बित्छ  दिउँसोको समय साथीभाइहरुसंग दिन बिताउदै आएका छन ।
कोभिडका कारण उनी पनि विद्यालय नगएको महिनौँ भइसक्यो । विद्यालय बन्द भएदेखि अनलाइन कक्षा पढ्नु सपना जस्तै छ उनलाई । गाउँमा नेटको पहुँच नभएका कारण अनलाइन कक्षा छैन ।
घरमा साँझ–बिहान सिकाउने सम्झाउने कोही छैनन् उनले सारथी खबर संग भन्नु भयो ‘विद्यालयको मुहार नदेखेको पनि लामो समय भइसक्यो, विद्यालय खुलेको भए साथीभाइसँग रमाइलो गर्दै विद्यालय पढ्न जाने मन हुन्छ विद्यालय खुल्दैन घरमा पढ्न मन लाग्दैन ।’उहाँले भन्नु भयो
दुर्गमका विद्यार्थी छैनन् अनलाइन कक्षाको पहुँचमा
दार्चुलाजस्तो इन्टरनेट तथा बिजुलीको सुविधा गाउँ–गाउँसम्म समान रूपमा पुग्न नसकेका कारण दुर्गम ठाउँका विद्यार्थीहरु अनलाइन क्लासको पहुँच बाहिर छन् । प्रविधिको सुविधा सम्पन्न भएको ठाउँका विद्यालयमा अनलाइन कक्षा संचालन भएपनि इन्टनेटको पहुँचबाहिर रहेका विद्यार्थीहरु पहुँच बाहिर रहेका छन् । नेट इन्टनेटको पहुँचमा नभएका दुर्गम क्षेत्र तथा सबैजसो सामुदायिक विद्यालयमा पठन–पाठन ठप्प छ ।

कोरोनाका कारण विद्यालय बन्द भएपछि दुर्गमका अधिकांश विद्यार्थीहरुको दिनचर्या गाईभैँसी, मेलापात, घाँसपात काट्नमै बित्नेगरेको पाइएको छ । सुविधासम्पन्न क्षेत्रका निजी विद्यालयले भने अनलाइन पद्धतिको माध्यमबाट शिक्षण सिकाइ क्रियाकलापलाई निरन्तरता दिएका छन् । पढाइलाई निरन्तरता दिएपनि विद्यार्थीले मन लगाई नलगाई अनलाइन क्लास लिइरहेका छन् ।यता कोरोनाका कारण विद्यालय बन्द भएर पठन–पाठन ठप्प भएपछि अभिभावक चिन्तामा छन ।

पहिले विद्यालयमा नियमित रुपमा गएर शिक्षा हासिल गर्ने विद्यार्थी कोही घरायसि काम र विभिन्न कुलतमा फस्दै गएकामा अभिभावकलाई पिरोलिरहेको छ । नेटइन्टनेट भएको ठाउँमा अनलाइन कक्षा पढेका छन् । तर जिल्लाका दुर्गम क्षेत्रमा बसेका केटाकेटीहरुले कहिले अनलाइन कक्षा पढ्न पाउलान् र? यो प्रश्न अहिले गा्रमीण  क्षेत्रका अभिावकहरुको प्रश्न हो । विद्यालय बन्दले दुर्गमका विद्याथीहरुको दिनचर्या यसरि नै व्यतित भइरहेको छ ।

सारथी खबर बाट शाभार

ताजा खबर

बाल विवाह रोक्न भीमदत्त र दोधाराचाँदनीमा सबल बालिका परियोजना

सञ्जय महर, मंसिर २४ कञ्चनपुरको दोधाराचाँदनी र भीमदत्त नगगरपालिकामा बाल...

कृष्णपुरमा आश्चर्यित वन फँडानी जब फैलियो हल्ला, क्षणभरमै भङ्गार बन्यो गौरिघाट

कञ्चनपुर २३ मंसिर मर्दा–पर्दा दाउरा स्याउलाको जोहोको पर्याय बनेको सामुदायिक...

‘मानसखण्ड लोकसंस्कृति सम्मेलन तथा लिटिल बुद्ध अन्तर्राष्ट्रिय काव्यगोष्ठी

सञ्जय महर, मंसिर २० कञ्चनपुरको महेन्द्रनगरमा दुई दिनसम्म सञ्चालन भएको...

मोतिलाल डगौराकोे काँधमा आरक्षपीडित संघर्ष समिति कञ्चनपुर हाक्ने जिम्मेबारी

कञ्चनपुर, मंसिर २० आरक्षपीडित संघर्ष समिति कञ्चनपुर हाक्ने मोतिलाल डगौराको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?