अफगानिस्तानमा विजय भएको र युद्ध सकिएको तालिबानको घोषणा

३२ साउन, काठमाडौं । विद्रोही तालिबान समूहले अफगानिस्तानमा विजय हासिल गरेको घोषणा गरेको छ । तालिबान लडाकुहरु राष्ट्रपति कार्यालयमा प्रवेश गरेसँगै विजयको घोषणा गरेका हुन् ।

अलजजिरा न्यूज नेटवर्कको एक भिडियो फुटेजमा तालिबान लडाकुहरुको ठूलो समूह राष्ट्रपति भवनको भित्र देखिन्छ । अर्को एउटा फोटोमा उनीहरु हतियारसहित राष्ट्रपति बस्ने कुर्सिमा बसेको देखिन्छ ।

तालिबानका एक प्रवक्ताले अलजजिरासँग भनेका छन्, ‘अफगानिस्तानमा युद्ध सकिएको छ । हाम्रो देशको मुक्ति र हाम्रा जनताको स्वतन्त्रता हामीले प्राप्त गरेका छौं ।’

विद्रोहमार्फत २० वर्षपछि पुनः सत्तामा पुगेको तालिबानले आज ‘इस्लामिक एमिरेट अफ अफगानिस्तान’ घोषणा गर्ने अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

तालिबान समूह आइतबार राजधानी काबुल प्रवेश गरेलगत्तै राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । उपराष्ट्रपतिले पनि देश छाडेको हल्ला चले पनि उनले आफूले काबुलमात्र छाडेको र अफगानिस्तानमै रहेको बताएका छन् ।

ताजा खबर

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

महिलाको सशक्तीकरणमा ‘एम्पावरिङ हर’ परियोजनाको उल्लेखनीय उपलब्धि

कञ्चनपुर, १६ भदौ । कञ्चनपुरमा महिलाको आर्थिक, सामाजिक तथा नेतृत्व...

बहुवर्षीय ठेक्का वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?