अफगानी राष्ट्रपति असरफ घानी देश छाडेर भागे

साउन ३१, काठमाडौं । विद्रोही संगठन तालिवानले अफगानिस्तानको राजधानी काबुलसहित धेरैजसो प्रमुख शहरहरु कब्जा गरेपछि अफगानी राष्ट्रपति असरफ घानी देश छाडेर भागेका छन् । विद्रोही संगठन तालिवानले धम्की दिएपछि उनले देश छाडेको अफगानी अधिकारीलाई उधृत गर्दै अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । घानीले राष्ट्रपतिबाट राजीनामा दिएर भागेको बताइएको छ । राष्ट्रपति घानीसंगै उपराष्ट्रपति अमरुल्लाह सलेहले पनि देश छाडेका छन् ।
उनीहरु भागेर ताजकिस्तान तर्फ गएको हुन सक्ने सञ्चार माध्यमहरुको दाबी छ । पछिल्लो एक सातामै अफगानिस्तानका धेरै शहरमाथि विद्रोही संगठन तालिवानले आफ्नो नियन्त्रणमा लिएको छ । अमेरिकी सेनाले अफगानिस्तान छाडेको करिब डेड महिना मै विद्रोही संगठन तालिवानले सत्ता कब्जा गरेको हो । यसैबीच अफगानिस्तानबाट विभिन्न देशहरुले आफ्ना नागरिकहरुको रेस्क्युलाई तीब्रता दिएकाछन् । नेपालले पनि त्यहाँ रहेका सबै नेपाली नागरिकलाई सम्पर्कमा आउन भनेको छ ।

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?