अफगानी राष्ट्रपति असरफ घानी देश छाडेर भागे

साउन ३१, काठमाडौं । विद्रोही संगठन तालिवानले अफगानिस्तानको राजधानी काबुलसहित धेरैजसो प्रमुख शहरहरु कब्जा गरेपछि अफगानी राष्ट्रपति असरफ घानी देश छाडेर भागेका छन् । विद्रोही संगठन तालिवानले धम्की दिएपछि उनले देश छाडेको अफगानी अधिकारीलाई उधृत गर्दै अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । घानीले राष्ट्रपतिबाट राजीनामा दिएर भागेको बताइएको छ । राष्ट्रपति घानीसंगै उपराष्ट्रपति अमरुल्लाह सलेहले पनि देश छाडेका छन् ।
उनीहरु भागेर ताजकिस्तान तर्फ गएको हुन सक्ने सञ्चार माध्यमहरुको दाबी छ । पछिल्लो एक सातामै अफगानिस्तानका धेरै शहरमाथि विद्रोही संगठन तालिवानले आफ्नो नियन्त्रणमा लिएको छ । अमेरिकी सेनाले अफगानिस्तान छाडेको करिब डेड महिना मै विद्रोही संगठन तालिवानले सत्ता कब्जा गरेको हो । यसैबीच अफगानिस्तानबाट विभिन्न देशहरुले आफ्ना नागरिकहरुको रेस्क्युलाई तीब्रता दिएकाछन् । नेपालले पनि त्यहाँ रहेका सबै नेपाली नागरिकलाई सम्पर्कमा आउन भनेको छ ।

ताजा खबर

एसईई उत्र्तिण विद्याथीलाई एलबिएको सम्मान

कञ्चनपुर, असार २८ कञ्चनपुरकोे एक निजी विद्यालयले माध्यामिक परीक्षा...

माओवादी केन्द्र भीमदत्त नगर ५को सम्मेलन, अध्यक्षमा तिरुवा

 कञ्चनपुर, असार २८ नेकपा माओवादी केन्द्र भीमदत्त नगरपालिका ५नम्बर वडाको...

नवराज भट्टको काँधमा बैजनाथ मावि पिटिए

डिल्लीराज पन्त, असार २७ कञ्चनपुर महेन्द्रनगरको बैजनाथ माध्यामिक विद्यालय...

सुदूरका युवा उद्यमी चन्द औद्योगिक तथा लगानी प्रर्बद्धन बोड सदस्यमा नियुक्त

कञ्चनपुर, असार २७ सुदूरपश्चिम प्रदेशका एक युवा उद्यमी औद्योगिक तथा...

विष्णू मन्दिर सडक मापदण्ड अनुरुप गुणस्तरिय बनाउन स्थानीयको माग

कञ्चनपुर २६ असार । कञ्चनपुरको उत्तरी भेग विष्णू मन्दिर सडक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?