भीमदत्तमा भुमी सम्बन्धी लगत संकलन ईकाइको काम तिव्र, वडालाई निस्सा वितरण गरिदैँ

महेन्द्रनगर २४ साउन । कञ्चनपुरको भीमदत्त नगरपालिका अन्र्तगतको लगत संकलन ईकाइ निरन्तर काम अघि बढाएको छ । भुमी सम्बन्धी समस्या समाधान आयोग अन्र्तगत नगरपालिकाको सहजीकरण समितिले काम अगाडी बढाएको हो । नगरपालिकाकाको लगत संकलन इकाईले अव्यवस्थीत बसोबासीको लगत संकलन गरि निस्सा वितरणको काम गरिहेको छ । ईकाइ सर्भेक्षक पंकज जोशीले आयोग खारेज भए पनि नगरपालिका अन्र्तगतको ईकाइले भने काम गरिरहेको बताउनु भयो ।

उहाँका अनुसार १४ वडाको निस्सा वितरण भईसकेको छ भने ५ वटा वडाको मात्रै बाँकी रहेकाले काम ईकाइको कामलाई निरन्तरता दिईएको छ । नगरपालिका भरिमा आठ हजार अव्यस्थीत बसोबासीको आवेदन परेको बताउँदै सर्भेक्षक जोशीले भन्नुभयो । ‘लगत संकलनको काम सकेर निस्सा वितरण गरिरहेका छौँ, केही वडाको काम मात्रै बाँकी छ, कार्यालयबाट आयोग विघटन भए पनि काम गर्न भनेकाले ईकाईको काम तिव्र रुपमा अगाडी बढाएका छौँ ।


’ आयोग पुनः गठन भएपछि स्थानीय तह अन्र्तगतका ईकाईले काम गर्नु पर्नेकाले नगरपालिकाको जिम्मेवारी अन्र्तगतको काम भईरहेको उहाँको भनाई छ । त्यस्तै ईकाईले भुमी जाँचपासको काम समेत सुरु गरेको छ । नगर प्रमुख सुरेन्द्र विष्टले वडा नम्बर १६ बाट भुमी जाँचपास कार्य उद्धघाटन गरेको थिए । ईकाईले वडा नम्बर १६ को अमर टोलको नापजाँच सकिएको जनाएको छ ।


नगरपालिकाले आयोगसँगको सहजिकरणमा छिट्टै नै भुमिहिनलाई लालपुर्जा वितरण गर्ने योजना बनाएको थियो । तर वर्तमान सरकारले आयोग नै खारेज गरेपछि भने पुर्जा वितरण कार्य अन्यौलमा परेको छ ।

ताजा खबर

शिक्षा मन्त्रालयले बोलाएको वार्तामा शिक्षक महासंघ नजाने

काठमाडौँ – नेपाल शिक्षक महासंघले शिक्षा मन्त्रालयले बोलाएको वार्तामा...

देउडा सुदूरपश्चिमको पहिचान हो, अन्तर्राष्ट्रियकरण गर्नुपर्छः मन्त्री साउद

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपट...

भीमदत्त सरसफाई अभियानलाई निरन्तरता

महेन्द्रनगर । कञ्चनपुरमा भीमदत्त सरसफाई अभियानलाई निरन्तरता दिईएको छ...

शैक्षिक गुणस्तर सुधारका लागी विद्यालयहरुको अनुगमन लाई निरन्तरता

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले शैक्षिक गुणस्तर सुधारका लागी विद्यालयहरुको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?