भीमदत्तमा भुमी सम्बन्धी लगत संकलन ईकाइको काम तिव्र, वडालाई निस्सा वितरण गरिदैँ

महेन्द्रनगर २४ साउन । कञ्चनपुरको भीमदत्त नगरपालिका अन्र्तगतको लगत संकलन ईकाइ निरन्तर काम अघि बढाएको छ । भुमी सम्बन्धी समस्या समाधान आयोग अन्र्तगत नगरपालिकाको सहजीकरण समितिले काम अगाडी बढाएको हो । नगरपालिकाकाको लगत संकलन इकाईले अव्यवस्थीत बसोबासीको लगत संकलन गरि निस्सा वितरणको काम गरिहेको छ । ईकाइ सर्भेक्षक पंकज जोशीले आयोग खारेज भए पनि नगरपालिका अन्र्तगतको ईकाइले भने काम गरिरहेको बताउनु भयो ।

उहाँका अनुसार १४ वडाको निस्सा वितरण भईसकेको छ भने ५ वटा वडाको मात्रै बाँकी रहेकाले काम ईकाइको कामलाई निरन्तरता दिईएको छ । नगरपालिका भरिमा आठ हजार अव्यस्थीत बसोबासीको आवेदन परेको बताउँदै सर्भेक्षक जोशीले भन्नुभयो । ‘लगत संकलनको काम सकेर निस्सा वितरण गरिरहेका छौँ, केही वडाको काम मात्रै बाँकी छ, कार्यालयबाट आयोग विघटन भए पनि काम गर्न भनेकाले ईकाईको काम तिव्र रुपमा अगाडी बढाएका छौँ ।


’ आयोग पुनः गठन भएपछि स्थानीय तह अन्र्तगतका ईकाईले काम गर्नु पर्नेकाले नगरपालिकाको जिम्मेवारी अन्र्तगतको काम भईरहेको उहाँको भनाई छ । त्यस्तै ईकाईले भुमी जाँचपासको काम समेत सुरु गरेको छ । नगर प्रमुख सुरेन्द्र विष्टले वडा नम्बर १६ बाट भुमी जाँचपास कार्य उद्धघाटन गरेको थिए । ईकाईले वडा नम्बर १६ को अमर टोलको नापजाँच सकिएको जनाएको छ ।


नगरपालिकाले आयोगसँगको सहजिकरणमा छिट्टै नै भुमिहिनलाई लालपुर्जा वितरण गर्ने योजना बनाएको थियो । तर वर्तमान सरकारले आयोग नै खारेज गरेपछि भने पुर्जा वितरण कार्य अन्यौलमा परेको छ ।

ताजा खबर

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

महिलाको सशक्तीकरणमा ‘एम्पावरिङ हर’ परियोजनाको उल्लेखनीय उपलब्धि

कञ्चनपुर, १६ भदौ । कञ्चनपुरमा महिलाको आर्थिक, सामाजिक तथा नेतृत्व...

बहुवर्षीय ठेक्का वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?