एमाले  नेता जोशी माओवादी केन्द्रमा प्रवेस

कञ्चनपुर, १९ साउन
नेकपा एमालेका पुराना नेता राजेन्द्र प्रशाद जोशीले नेकपा माओवादी प्रवेस गरेका छन । निर्वाचन क्षेत्र नम्बर १ बेलौरी घर भएका एमाले नेता जोशीले मंगलबार एक कार्यक्रममा विच माओवादी केन्द्रमा प्रवेस गरेका हुन ।
नेकपा माओवादी केन्द्र कञ्चनपुरका नेता एव पुर्व खानेपानीमन्त्री बिना मगरका स्वकीय सचिव दिपक तिम्लिसिनाले एमाले नेता जोशीसंगै अर्का एमाले नेतृ पवित्रा पौडेलले पार्टी प्रवेस गरेको बताए । माओवादी केन्द्र कञ्चनपुरका नेता बिना मगर, महेश जोशी, देविलाल चौधरी चौधरी देवेन्द्र ढुङ्गाना सहितको उपस्थितिमा प्रवेस गरेका हुन । माओवादी केन्द्रमा प्रवेश गरेका जोशी र पौडेल कञ्चनपुरका स्थापित नेता मानिन्छन्। जोशीले २०७४ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा २५०० भन्दा बढी मत प्राप्त गरेका थिए। २०३९ मा अनेरास्ववियू पाँचौंमा संगठित भई राजनीतिक जीवन प्रारम्भ गरेका जोशी नेकपा ९एमाले० को कञ्चनपुर जिल्ला कमिटीमा क्रियाशील रहँदै आएका थिए। प्रजातान्त्रिक राष्ट्रिय युवा संघ र सम्पर्क मञ्चमा समेत रहेर काम गरेका उनी सुदूरपश्चिमका स्थापित नेता मानिन्छन्।

त्यसैगरि मंगलबार नै माओवादी केन्द्रमा प्रवेश गरेकी पवित्रा पौडेल महिला आन्दोलनकी स्थापित नेतृ हुन्। पौडेल तीन दशकदेखि राजनीतिक आन्दोलनमा सक्रिय हुँदै अनेमसंघको केन्द्रीय सचिवालयमा रहेर काम गरेकी थिइन्।

नेता जोशी र पौडेललाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गरेका थिए। मंगलबार बिहान प्रचण्ड निवास खुमलटारमा भएको एक कार्यक्रमका बिच उनीहरू माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। पार्टी प्रवेश गर्दै नेताहरूले कम्युनिस्ट आन्दोलनको मूलधारका रूपमा माओवादी केन्द्र नै रहेकाले आफूहरू पार्टी प्रवेश गरेको र जिल्लामा नयाँ ढंगले ध्रुवीकरणको प्रक्रिया अगाडि बढाउने बताए।

नेकपा ९माओवादी केन्द्र० का केन्द्रीय सदस्य एवं पूर्वमन्त्री बिना मगरसँगको छलफलपछि नेताहरू पार्टी प्रवेश गरेका हुन्। नवआगन्तुक नेताहरूलाई उचित जिम्मेवारी दिइने माओवादी केन्द्रले जनाएको छ।

ताजा खबर

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?