भीमदत्तमा शिक्षक संघको तालाबन्दीका कारण शिक्षककै वृत्ति विकासको काम ठप्प

महेन्द्रनगर १३ साउन ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाको शिक्षा शाखामा नेपाल शिक्षक संघले गरेको तालाबन्दीका कारण कामकाज प्रभावित बनेको छ । शिक्षक दरबन्दी मिलानमा नगर शिक्षा समितिले मनोमानी गरेका भन्दैँ शिक्षक संघले साउन ३ गते देखि तालाबन्दी गरेको हो । तालाबन्दीका कारण शाखाका सम्पुर्ण काम ठप्प भएको नगरपालिकाले जनाएको छ ।

भीमदत्त नगरपालिका शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले तालाबन्दीका कारण शाखा नियमित कामहरु प्रभावित बनेको बताए । उनका अनुसार संघको तालाबन्दीले शिक्षकै काम रोकिएको छ । साउन १५ गतेसम्ममा सबै सामुदायिक विद्यालयले आन्तरिक कार्य सम्पादन नगरपालिकामा बुझाई सक्नुपर्ने भएपनि तालाबन्दीका कारण उक्त काम अवरुद्ध छ ।

शिक्षकको कार्य सम्पादन मुल्याङकन समयमै शाखामा उपलब्ध नभए शिक्षकको दिर्घकालिन वृत्ति विकासमा प्रभाव पर्ने शाखा प्रमुख जोशीको भनाई छ । त्यस्तै तालाबन्दीका कारण आठ कक्षाको लब्धाङ्क पत्र वितरणमा पनि समस्या भएको छ । ‘तालाबन्दीका कारण शाखाका सम्पुर्ण काम ठप्प भएका छन् ।’ शाखा प्रमुख जोशीले भने ‘वार्ताका लागि पहल भईरहेको छ, दरबन्दी मिलानबारे उहाँहरुलाई विवरण उपलब्ध गराएका छौँ, फेरी छलफल हुन्छ ।’

शिक्षक संघले नगर शिक्षा समितिले विधि पक्रिया मिचेर दरबन्दी मिलान गरिएको आरोप लगाएको छ । भने नगरपालिकाले सबै नगरपालिकाले उच्चस्तरिय शिक्षा सुधार कार्यदलको प्रतिवेदन, शिक्षा विभागको परिपत्र, दरबन्दी मिलान संवाद समितिले दिएको प्रतिवेदनका आधारमा दरबन्दी मिलान गरिएको दावि गरेको छ । त्यस्तै अन्य शिक्षक संगठनले भने दरबन्दी मिलान स्वागतयोग्य भनेका छन् ।
नगरपालिकाले लामो समयदेखि सामुदायिक विद्यालयमा प्रमुख समस्याको रुपमा रहेको शिक्षक दरबन्दी मिलानलाई टुङ्याएको थियो । भीमदत्त नगरपालिकाको शिक्षा शाखाले तीन वटै तहमा ४ सय ७७ शिक्षक दरबन्दी मिलान गरेको थियो । भने ८ वटा विद्यालयले तहगत स्वीकृती दिएको थियो ।

 

ताजा खबर

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?