कोरोनाले रोकिएका त्रिविका परीक्षा आजदेखि सुरु

१० साउन, काठमाडौं । कोरोना महामारीका कारण झण्डै दुई वर्षदेखि रोकिएका त्रिभुवन विश्वविद्यालयको परीक्षा आजदेखि शुरु भएको छ । आजबाट स्नातक तहको पहिलो वर्षको वार्षिक परीक्षा सुरु भएको हो ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार आजबाट बीए, बीएड र बीएससीतर्फका चार वर्षेरतीन वर्षे परीक्षा शुरु भएको छ । भोलिबाट व्यवस्थापन संकायका परीक्षाहरु शुरु हुनेछन् ।

‘रेगलुर र आंशिक सबै परीक्षा सुरु गरेका छौं,’ परीक्षा नियन्त्रक जोशीले भने, ‘विद्यार्थीहरु अलमोस्ट सबै सहभागी भएका छन् ।’

कोरोना महामारीका कारण त्रिविले अनलाइन प्रणालीबाट परीक्षा फारम भर्ने व्यवस्था मिलाएको थियो । तर, प्रवेशपत्र प्रिन्ट गर्ने बेला फोटो र पूरा विषय नआएको, केन्द्र परिवर्तन नभएको जस्ता समस्या परीक्षार्थीहरुले भोगेका छन् ।

केही प्राविधिक समस्या आएको स्वीकार्दै परीक्षा नियन्त्रक जोशीले अहिले नागरिकता वा परिचय खुल्ने अन्य परिचयपत्र हेरेर सहज रुपमा परीक्षा दिने व्यवस्था मिलाउन केन्द्राध्यक्षहरुलाई भनिएको र नमिलेका अन्य कुराहरु विद्यार्थीहरुको निवेदनको आधारमा मिलाइने बताए ।

‘परीक्षा दिन आएकालाई परीक्षामा बसाउनुस् पछि सच्याउँछौं भनेका छौं, जे होस् राम्रो भयो, सबैजसो उपस्थित भएका छन्,’ उनले भने ।

बिहान सात बजेबाट परीक्षा सुरु भएको र अहिलेसम्म गम्भीर समस्या केही पनि नआएकाले आफूहरु उत्साहित भएको उनले बताए । परीक्षा सन्चालनमा सहयोग गरेको भन्दै उनले सबै विद्यार्थी, अभिभावक, कर्मचारीलगायतलाई धन्यवादसमेत दिए ।

अनलाइन खबर

ताजा खबर

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

महिलाको सशक्तीकरणमा ‘एम्पावरिङ हर’ परियोजनाको उल्लेखनीय उपलब्धि

कञ्चनपुर, १६ भदौ । कञ्चनपुरमा महिलाको आर्थिक, सामाजिक तथा नेतृत्व...

बहुवर्षीय ठेक्का वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?