वेमौसमी तरकारी खेति गर्ने किसानहरु लाई स्प्रे ट्याङकी वितरण

असार ५ कंचनपुर ।
कञ्चनपुरको वेदकोट नगरपालिकाले कोभिड १९ प्रतिकृया तथा पुनर्लाभ परियोजनाका रुपमा कोरोना प्रभावितहरुलाइ सहयोग कार्यक्रमलाई निरन्तरता दिएको छ । नगर भित्र रहेका वेमौसमी तरकारी खेति गर्ने ८० जना किसानहरु लाई कोभिड १९ प्रतिकृया तथा पुनर्लाभ परियोजनाको निरन्तरता स्वरुप विषादी छर्कीने स्प्रे ट्याङकी वितरण गरेको हो ।
वेदकोट नगरका कार्यवाहक प्रमुख शुसिला सिहले किसानहरु लाई उक्त सामग्री हस्तान्तरण गर्दै नगरपािलकाले कोरोना प्रभावितहरुलाई उद्यमी वनाउने लक्ष्यका साथ सञ्चालन गरेको कार्यक्रम लाई निरन्तरता दिदै आएको बताउनु भयो । युवाहरु लाई सरकारी जागिर दिन नसके पनी कृषि मार्फत आत्मनिर्भर बनाउने लक्ष्यका साथ काम गरिरहेको बताउनु भयो ।
वेदकोट नगरको समृद्धीका लागी यो काय्रक्रम अत्यन्त्यै महत्वपुर्ण रहेको र आगामी दिनमा पनी यसलाई निरन्तरता दिईने आयोजक संस्था स्वीटनेपालका अध्यक्ष अमीर तिरुवाले बताउनु भयो । सामग्री प्राप्त पछी किसानहरुले समेत कृषि पेशामा काम गर्न सहयोग पुगेको प्रतिकृया दिएका छन ।
वेदकोट नगरपािलका तथा युएनडिपिको आथृिक सहयोग तथा स्वीटनेपालको सहजिकरणमा नगर भित्र रहेका चार सय बढी कोरोना प्रभावितहरुलाइ उद्यमी बनाउने लक्ष्यका साथ २ वडा एक कृसि पकेट क्षेत्र बनाएर गत वर्ष देखी काम शुरु भएको हो भने यस वर्ष समेत कार्यक्रमलाई निरन्तरता दिईने भएको छ ।

ताजा खबर

मंगलबार झलारीमा शुक्लाफाँटा कृषि व्यापार मेला

कल्पना साउद, कार्तिक २४ मंगलबारदेखि कञ्चनपुरको झलारीमा तेस्रो शुक्लाफाँटा कृषि,...

भवानी कालिका कन्स्ट्रक्सन प्रालिद्वारा पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष धामीको उपचारका लागि आर्थिक सहयोग

आदित्य जोशी, कञ्चनपुर, कार्तिक २४ भवानीं कालिका कन्स्ट्रक्सन प्रालिले नेपाल...

सवारी दुर्घटना न्यूनिकरण गर्न भवानी कालिकाको प्रयास

धर्मराज कठायत कञ्चनपुर, कार्तिक २४ कञ्चनपुरका दिनदिनै हुने सवारी दुर्घटना...

ग्रामिण भेगका महिलाको अधिकारको मुद्दा उठानका लागि मियो बन्दै सामुदायिक सुरक्षा जालो

कल्पना साउद कञ्चनपुर, २३ कार्तिक कञ्चनपुरका ग्रामिण भेगका महिलाको...

लक्ष्मी मावि बागफाँटामा चार कोठे भवन

शुनिल राना कार्तिक २१ महेन्द्रनगर । शुनिल राना, कार्तिक २१...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?