वेमौसमी तरकारी खेति गर्ने किसानहरु लाई स्प्रे ट्याङकी वितरण

असार ५ कंचनपुर ।
कञ्चनपुरको वेदकोट नगरपालिकाले कोभिड १९ प्रतिकृया तथा पुनर्लाभ परियोजनाका रुपमा कोरोना प्रभावितहरुलाइ सहयोग कार्यक्रमलाई निरन्तरता दिएको छ । नगर भित्र रहेका वेमौसमी तरकारी खेति गर्ने ८० जना किसानहरु लाई कोभिड १९ प्रतिकृया तथा पुनर्लाभ परियोजनाको निरन्तरता स्वरुप विषादी छर्कीने स्प्रे ट्याङकी वितरण गरेको हो ।
वेदकोट नगरका कार्यवाहक प्रमुख शुसिला सिहले किसानहरु लाई उक्त सामग्री हस्तान्तरण गर्दै नगरपािलकाले कोरोना प्रभावितहरुलाई उद्यमी वनाउने लक्ष्यका साथ सञ्चालन गरेको कार्यक्रम लाई निरन्तरता दिदै आएको बताउनु भयो । युवाहरु लाई सरकारी जागिर दिन नसके पनी कृषि मार्फत आत्मनिर्भर बनाउने लक्ष्यका साथ काम गरिरहेको बताउनु भयो ।
वेदकोट नगरको समृद्धीका लागी यो काय्रक्रम अत्यन्त्यै महत्वपुर्ण रहेको र आगामी दिनमा पनी यसलाई निरन्तरता दिईने आयोजक संस्था स्वीटनेपालका अध्यक्ष अमीर तिरुवाले बताउनु भयो । सामग्री प्राप्त पछी किसानहरुले समेत कृषि पेशामा काम गर्न सहयोग पुगेको प्रतिकृया दिएका छन ।
वेदकोट नगरपािलका तथा युएनडिपिको आथृिक सहयोग तथा स्वीटनेपालको सहजिकरणमा नगर भित्र रहेका चार सय बढी कोरोना प्रभावितहरुलाइ उद्यमी बनाउने लक्ष्यका साथ २ वडा एक कृसि पकेट क्षेत्र बनाएर गत वर्ष देखी काम शुरु भएको हो भने यस वर्ष समेत कार्यक्रमलाई निरन्तरता दिईने भएको छ ।

ताजा खबर

शिक्षामन्त्रीसँग अस्ट्रेलियाका राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ २५ वैशाख  माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित...

नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो

काठमाडौँ २५ वैशाख  युरोपेली सङ्घ (इयू) ले वर्तमान सरकारको प्राथमिकताको...

विदेशस्थित १५ जना अवैतनिक दूतहरूलाई पदमुक्त गर्ने सरकारको निर्णय

काठमाडौँ, २५ वैशाख  सरकारले विदेशस्थित १५ जना अवैतानिक वाणिज्य दूत...

सासद महताद्वारा जनताका गुनासा समाधान गर्न टोलफ्री नम्वर सहित सचिवालय सञ्चालनमा

कञ्चनपुर २५बैशाख प्रतिनिधी सभा सदस्य(सासद) ज्ञानेन्द्र सिह महताले क्षेत्रका जनताका...

संसदको अधिवेशन वैशाख २८ गतेदेखि आव्हान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौँ, २२ वैशाख सरकारले सङ्घीय संसदको दुबै सदनको अधिवेशन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?