नेवि संघ नेता कार्कीद्वारा विपन्न विद्यार्थीलाई राहत सहयोग

रोशन नेपाली
नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ कञ्चनपुरका नेता लोचन कार्कीले विपन्न समुदायका विद्यार्थीलाई राहत वितरण गरेका छन । कोरोना महामारीका कारण समस्यामा परेका भीमदत्त नगरपालिका क्षेत्रका विद्यार्थीलाई राहत वितरण गरेका हुन । नेवि संघ नेता कार्कीले खाद्यान्न समस्या भएका विपन्न दलित समुदायका विद्यार्थीलाई राहत दिएका हुन । चामल, दाल, नुन, तेल आधारभूत आवश्यकताका खाद्य बस्तु वितरण गरेका छन । शुक्रबार राहत वितरण गर्दै नेवि संघ कञ्चनपुरका नेता महामारीका बेला विपन्न विद्यार्थीलाई सक्दो सहयोग गरेको बताए । राहत पाएसंगै महेन्द्रनगरकी आशुया लुहारले खुसी व्यक्त गरिन । विपन्न दलित विद्यार्थीको पीडा बुझिदिएको भन्दै उनले नेवि संघ नेता कार्कीप्रति आभार प्रकट गरिन । नेवि संघ नेता कार्कीले आगामी दिनमा समेत समाजिक कार्य गर्दै जाने प्रतिबद्धता जाहेर गरेका छन ।

ताजा खबर

एसईई उत्र्तिण विद्याथीलाई एलबिएको सम्मान

कञ्चनपुर, असार २८ कञ्चनपुरकोे एक निजी विद्यालयले माध्यामिक परीक्षा...

माओवादी केन्द्र भीमदत्त नगर ५को सम्मेलन, अध्यक्षमा तिरुवा

 कञ्चनपुर, असार २८ नेकपा माओवादी केन्द्र भीमदत्त नगरपालिका ५नम्बर वडाको...

नवराज भट्टको काँधमा बैजनाथ मावि पिटिए

डिल्लीराज पन्त, असार २७ कञ्चनपुर महेन्द्रनगरको बैजनाथ माध्यामिक विद्यालय...

सुदूरका युवा उद्यमी चन्द औद्योगिक तथा लगानी प्रर्बद्धन बोड सदस्यमा नियुक्त

कञ्चनपुर, असार २७ सुदूरपश्चिम प्रदेशका एक युवा उद्यमी औद्योगिक तथा...

विष्णू मन्दिर सडक मापदण्ड अनुरुप गुणस्तरिय बनाउन स्थानीयको माग

कञ्चनपुर २६ असार । कञ्चनपुरको उत्तरी भेग विष्णू मन्दिर सडक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?