पुर्व खानेपानीमन्त्री मगरको पहलमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ का चारै पालिका जोड्ने रणनीति सडक निर्माण हुने

कञ्चनपुर, २२ असार
कञ्चनपुरको दक्षिणी क्षेत्र अर्थात निर्वाचन क्षेत्र नम्बर १ का चारै वटै पालिका जोड्ने रणनीति सडक विस्तार हुने भएको छ । निर्वाचन क्षेत्र नम्बर १ का बेलडाँडी, बेलौरी लालझाडी र पूनर्वास जोड्ने रिङ्गरोड सरचनामा रणनीतिक सडक विस्तार हुने भएको हो ।
रणनीतिक सडक विस्तारका लागि सडक सहित सडकमा पर्ने पुलको सर्वो कार्य भईरहेको छ । पुर्वखानेपानी मन्त्री समेत रहेकी कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ की प्रतिनिधी सभा सदस्य बिना मगरको विषेश पहलमा उक्त रणनीतिक सडक विस्तार हुन लागेको हो । विकासबाट अपेक्षित गरिएको क्षेत्रको एकिकृत विकास र नागरिकलाई सहजताका लागि मन्त्री मगरले यक्त योजना अघि सारेकी थिईन ।
पूनर्वास नगरपालिका १० विकासबस्ती हुलाकी सडक भएर उत्तर पश्चिम लालझाडी गाँउपालिका १ नौरङ्गा बेलौरी नगरपालिका ५ भकुण्डा सिहपुर, कृण्डा बेलौरी नपा ९ रतनपुर बेलठडाँडी गाँउपालिका कमरी हुँदै बेलौरी र पुन पूनर्वास नगरपालिका ८दिव्यधामको पिचदेखि गोबिन्द गौतमचोकसम्म सयौँ किलोमिटर सडक कालोपत्रे हुनेछ । पुर्वखानेपानी मन्त्रीका स्वकीय सचिव दिपक तिम्लिसिनाले बताए ।
उनका अनुसार पूर्वमन्त्री मगरले क्षेत्र नम्बर १ को रणनीतिक सडक विसरका साथै स्तरबृद्धिका लागि गत आर्थिक बर्ष २०७६÷०७७ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सडक योजना समावेसका लागि पत्र पाएको थियो । ‘मन्त्रीज्यूले गत बर्ष नै आफ्नो निर्वाचन क्षेत्रका चारवटै पालिका जोड्ने रणनीतिक सडकका लागि भौतिक मन्त्रालयमा योजना पेश गर्नुभएको थियो, ‘स्वकीय सचिव तिम्लिसिनाले भन्नुभयो, ‘यस बर्षदेखि संघीय सरकारले कार्यान्वयनमा ल्याएछ ।’ उक्त सडक अन्र्तरगत लालझाडी गाँउपालिका २नम्बर कञ्ज क्षेत्रको खेलामा पर्ने पुलको सर्वे शुरु गरिएको छ । क्षेत्र नम्बर १मा चारै पालिका रिङ्गरोड विधिमा जोडिने भएपछि स्थानीय एव जनप्रतिनिधी हर्षित भएका छन । बषौँदेखि एक पालिकाबाट अर्को पालिका जाने सडक हिउँदमा धुलाम्मे, बर्षातमा धुलाम्मे भएर घुमाउरो जानुपर्ने बाध्यता हट्ने स्थानीयको भनाई छ । पूनर्वासका स्थानीय लालजङ्ग तामाङ्गले पूर्वखानेपानीमन्त्रीबाट क्षेत्रको विकासका लागि विस्तार भएको सडकले आम नागरिकलाई राहत पुग्ने बताए । बेलौरीका स्थानीय सुरेश विष्टले ०७४मा बिना मगरले चुनाव जितेसंगै क्षेत्र नम्बर १को दिगो विकास र सम्बृद्धि भईरहेको बताए । बेलडाँडी गाँउपालिका प्रवक्ता अमर खत्रीले रणनीतिक सडकले अन्तरपालिका जोड्ने विकासको गतिसंगै नागरिकलाई सुविधा हुने बताए । सडक विस्तारमा गाँउपालिकाका तर्फबाट सहयोग गरिने उनले बताए । लालझाडी गाँउपालिका प्रमुख मदन सेन बडायकले लालझाडी क्षेत्रमा पर्ने रणनीतिक सडक अन्र्तरगतका पुल र सडक सर्वे भईरहेको बताए । ‘हाम्रो गाँउपालिका क्षेत्रमा पर्ने पुलको सर्वे काम भईरहेको छ, ‘उनले भने, ‘यस्तै गरि अन्य क्षेत्रमा हुनुपर्छ, रणनीतिक चारै पालिका जोड्ने सडक छुट्टै एक विशिष्ठखालको हुनुपर्छ ।’ सडक विस्तार एव स्तरोन्नतीका लागि संघ सरकारले आवश्यक बजेट दिनुपर्ने उनले बताए । उक्त सडक विस्तारसंगै स्थानीय उव आर्थिक समाजिक साँस्कृतिक पर्यटन लगायतका गतिबिधी बढ्ने छन ।

ताजा खबर

कञ्चनपुरमा द्रुत डाँक सेवा विस्तारको तयारी, हुलाकलाई आधुनिक र व्यवसायमैत्री बनाउने लक्ष्य

कञ्चनपुर, २८ साउन । परम्परागत हुलाक सेवालाई समयअनुकूल, आधुनिक तथा...

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?