आज यी नदी आसपास छन् बाढीको उच्च जोखिम

काठमाडौं । अविरल वर्षाका कारण देशका ठूला तथा साना नदी आसपासमा जोखिम बढिरहेको छ ।
आज कोशी, नारायणी र यसका सहायक नदीहरू तथा कन्काई, कमला, बागमती, पुर्वी राप्ती लगायतमा बहाव उल्लेख्य बढ्न सक्ने र उच्च जोखिम रहन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
केही नदीमा सतर्कता तह पार हुन सक्ने पुर्वानुमान रहेकाले तटीय क्षेत्रहरू तथा डुबान भइरहने क्षेत्रहरूमा विशेष सावधानी अपनाउन महाशाखाको अनुरोध छ ।
त्यसैगरी पश्चिमी राप्ति, बबईमा बहाब सामान्य रहनेछ ।  तर भोटेकोशी, तामाकोशी, दुधकोशी, सुनकोशी लगायत कोशीका सहायक नदी तथा नारायणी र त्यसका सहायक नदीमा भने बहाब निकै बढ्ने र सतर्कता तह आपसाप पुग्नसक्ने पूर्वानुमान छ ।
अन्य जिल्लाका ठूला तथा साना नदीहरूमा पनि आकस्मिक बहाब आई जोखिम बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

ताजा खबर

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

क्वारेन्टाइन र भन्सार छल्दै भित्रिन्छन् भारतीय कृषि उपज, नेपाली किसानको उत्पादनले पाउँदैन बजार

कञ्चनपुरका कागती किसानको गुनासो : ‘हामीले पसिना बगाएर उत्पादन...

भारतमा हुने सांस्कृतिक महोत्सवमा करन सिंह पाल प्रमुख अतिथिका रूपमा सहभागी हुने

कञ्चनपुर। सामाजिक अभियन्ता तथा घुसुडी महोत्सवका संयोजक करन सिंह...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?