निड्स नेपालद्धारा वेदकोट कोभिड अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग

महेन्द्रनगर १६ असार । कञ्चनपुरको वेदकोट नगरपालिकाले निर्माण गरेको कोभिड अस्पताललाई निड्स नेपालले सहयोग गरेको छ । कोभिड १९ को दोस्रो लहर प्रतिकार्य परियोजना अन्र्तगत निड्सले स्वास्थ्य सामाग्री नगरपालिकाका लाई हस्तान्तरण गरेको हो । बुधबार निड्स नेपालकी अध्यक्ष अञ्जु जोशी भट्ट, कार्यकारी निर्देशक भवराज रेग्मीले नगर प्रमुख अशोक कुमार चन्दलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन ।


निड्सका कार्यक्रम फोकल पर्सन विनोद कडाराले कारितास नेपालसँगको सहयकार्यमा अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गरिएको बताए । उनका अनुसार नगरपालिकाले तयार गरेको १५ शैयाको कोरोना अस्पतालमा उपचारलाई सहज बनाउन सहयोग गरिएको हो । निड्सले नगरपालिकाको कोभिड अस्पताललाई २ लाख ५० हजार बढी मुल्य बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

निडसले कोभिड अस्पतालाई वेड, टेन्ट, कम्बल, एन–९५ मास्क, स्यानिटाईजर, सर्जिक ग्लोबस, पल्स अक्सीमिटर, नेबुलाईजर मेसिन लगायतका स्वास्थ्य सामाग्री सहयोग गरेको छ । सामाग्री हस्तान्तरणपछि नगर प्रमुख चन्दले निड्सलाई धन्यवाद दिए । साथै उनले स्वास्थ्य सामाग्री अस्पताललाई सञ्चालनमा सहयोग पुग्ने बताए ।

 

ताजा खबर

लागूऔषध दुरुपयोग रोकथाममा जोड, भीमदत्त–७ मा जनचेतनामूलक कार्यक्रम

कञ्चनपुर, ३१ असोज लागूऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका लागि जनचेतना...

महेन्द्रनगरमा कात्तिक ५ देखि रामलीला महोत्सव, बाढीपीडितलाई सहयोग गरिने

कञ्चनपुर ३१ असोज कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्चमा आगामी कात्तिक ५ गतेदेखि...

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?