निड्स नेपालद्धारा वेदकोट कोभिड अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग

महेन्द्रनगर १६ असार । कञ्चनपुरको वेदकोट नगरपालिकाले निर्माण गरेको कोभिड अस्पताललाई निड्स नेपालले सहयोग गरेको छ । कोभिड १९ को दोस्रो लहर प्रतिकार्य परियोजना अन्र्तगत निड्सले स्वास्थ्य सामाग्री नगरपालिकाका लाई हस्तान्तरण गरेको हो । बुधबार निड्स नेपालकी अध्यक्ष अञ्जु जोशी भट्ट, कार्यकारी निर्देशक भवराज रेग्मीले नगर प्रमुख अशोक कुमार चन्दलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन ।


निड्सका कार्यक्रम फोकल पर्सन विनोद कडाराले कारितास नेपालसँगको सहयकार्यमा अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गरिएको बताए । उनका अनुसार नगरपालिकाले तयार गरेको १५ शैयाको कोरोना अस्पतालमा उपचारलाई सहज बनाउन सहयोग गरिएको हो । निड्सले नगरपालिकाको कोभिड अस्पताललाई २ लाख ५० हजार बढी मुल्य बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

निडसले कोभिड अस्पतालाई वेड, टेन्ट, कम्बल, एन–९५ मास्क, स्यानिटाईजर, सर्जिक ग्लोबस, पल्स अक्सीमिटर, नेबुलाईजर मेसिन लगायतका स्वास्थ्य सामाग्री सहयोग गरेको छ । सामाग्री हस्तान्तरणपछि नगर प्रमुख चन्दले निड्सलाई धन्यवाद दिए । साथै उनले स्वास्थ्य सामाग्री अस्पताललाई सञ्चालनमा सहयोग पुग्ने बताए ।

 

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?