महाकाली नदी गाँउपस्यो, सयौँ घर डुवानमा

कञ्चनपुर :   उर्लिएर आएको महाकाली नदी कञ्चनपुरका गाँउबस्तीमा पसेको छ । अबिरल बर्षातका कारण महाकाली नदीमा पानीको सतह बढेसंगै नदी कञ्चनपुरका गाँउ बस्तीमा पसेको हो । महाकालीमा पानीको बहाब बृद्धि भएका कारण नदीमा मिसिने विभिन्न नदीखोला समेत थुनिएका छन । महाकाली नदी कञ्चनपुरको भीमदत्त नगरपालिका १२ र दोधाराचाँदनी नगरपालिका १० क्षेत्रका गाँउमा पसेर सयौँ घर डुवान र विस्थापित भएका छन । निर्माणाधिन महाकाली चारलेन सडकका कच्ची संरचना समेत भत्काएको छ ।

चुरे भएर बग्ने भुजेला खोला भीमदत्त नगरपालिका १२ ऐरी क्षेत्रबाट महाकालीमा मिसिन्छ, तर महाकालीमा शनिबारदेखि बढेको पानी उक्त खोला थुनिएर नदीको पानी खोलामा पुगेर सो क्षेत्रका डेढ दर्जन घर डुवानमा परेको भीमदत्त नगरका जनप्रतिनिधीले बताएका छन । भीमदत्त नगरपालिका १२ का वडाध्यक्ष कृष्णसिह देउपाले ठूला नदीमा मिसिने साना खोला थुनिएर नदीकै पानी खोलामा पसेसंगै गाँउ डुवानमा परेको बताए । ‘महाकाली नदीमा मिसिनुपर्ने खोलामा उल्टै महाकाली मिसिएर पानी गाँउ पसेको छ, ‘उनले भने, ‘जनता विस्थापित भएका छन ।’ काठमाण्डौँमा सबेर बनाएका योजनाले उल्टै गाँउबस्ती डुवानमा परेको छ । सो क्षेत्रका वाढिपीडितको विचल्ली भएको छ । उनीहरु पालमुनी रातकाट्न बाध्य भएका छन । स्थानीय पीडित प्रमोद पालले पीडितको पीडा कुनैपनि निकायबाट सम्बोधन नभएको बताए । उनले भोटका लागि आउने पीडा पर्दा नआउने आएपनि पीडा नबुझिदिने समस्याले पीडित निरास बनेको बताए ।

भीनपा १२ऐरीका वाढिपीडित दुर्गा चैसिरले विस्थापित भएसंगै समस्यामा परेको बताए । ‘दुई किलो चामल दिन्छन, त्यसले हामीलाई एक छाक पनि पुग्दैन, ‘उनले भने, ‘दुई किलो चामल दिने लाखौँको प्रचारबाजी गर्दछ ।’ राती अर्काको घरमा कसरी जाने । राशन बगेर समस्यामा भएको बताए । उनले खोलाको निकास दिनुपर्ने माग अघि सारे । अर्का पीडित प्रमोद भट्टले डुवान पारेको नभई डुवान पारेको बताए । ‘हामीलाई समस्यामा पारेर ठेकेदार बचाउने काम भयो, ‘उनले भने, ‘हाम्रो पीडा सम्बोधन भएन ।’ उता दोधाराचाँदनी नगरपालिका १० महाकाली नदीमा मिसिदा सयौँ परिवार डुवानमा परेका छन । दोधाराचाँदी नगरपालिका १० शान्ति टोल, बैद्य टोल कुतियाकबर क्षेत्रमा डुवान परेको छ । सो क्षेत्रमा डुवान परेकालाई अति विपद्मा परेका १५ परिवारको शसस्त्र प्रहरीले उद्दार गरेको छ । दोधाराचाँदनी नगरपालिका प्रवक्ता दिल बहादुर सिजालीले नदी थुनिदा समस्या भएकाले यसको दिर्घकालिन निकासबारे सोच्नुपर्ने अवस्था आएको बताए ।

गयराती महाकाली नदीमा अढाई लाख क्यूसेक पानीको बहावले कञ्चनपुृरका गाँउबस्तीमा वाढि पसेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले आइतबार बिहान महाकाली नदीको बहाव २लाख २३ हजार पुगेको बताए । ‘कहिले घट्छ, कहिले बढ्छ, ‘प्रवक्ता थापाले भने, ‘दोधारा र भीमदत्तका दुई बस्तीमा पानी पसेपनि अन्य भौतिक तथा मानविय क्षति भएको छैन ।’ प्रहरी उद्दार कार्यमा हाईअलट रहेको उनले बताए । कञ्चनपुरका पूर्व तयारी नहुँदा समेत प्रकोपको उच्च सामना गर्नुपर्ने सरोकारवालाको भनाई छ ।

ताजा खबर

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

क्वारेन्टाइन र भन्सार छल्दै भित्रिन्छन् भारतीय कृषि उपज, नेपाली किसानको उत्पादनले पाउँदैन बजार

कञ्चनपुरका कागती किसानको गुनासो : ‘हामीले पसिना बगाएर उत्पादन...

भारतमा हुने सांस्कृतिक महोत्सवमा करन सिंह पाल प्रमुख अतिथिका रूपमा सहभागी हुने

कञ्चनपुर। सामाजिक अभियन्ता तथा घुसुडी महोत्सवका संयोजक करन सिंह...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?