बाढी र पहिरोमा परी एक सातामा १७ जनाको मृत्यु

काठमाडौं,असार ५ । पछिल्लो एक सातामा अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी १७ जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकमा ३ जना, डोटीमा ३ जना, सप्तरी, काभ्रे, गोरखा, जुम्ला, अर्घाखाँची, पाल्पा, कास्की, कालिकोट, बाजुरा, बझाङ र प्युठानमा १÷१ जनाको मृत्यु भएको हो ।

३० जेठदेखि शनिबार दिउँसोसम्म आएको बाढी, पहिरो र डुबानमा परी १७ जना घाइते भएका छन् । उनीहरुमध्ये सिन्धुपाल्चोकमा ५ जना, म्याग्दी र डोटीमा ३÷३ जना, जुम्लामा २ जना, कास्की, स्याङजा, चितवन र सल्यानमा १÷१ जना रहेका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।

बाढी पहिरोमा परी २२ जना बेपत्ता भएका छन् । सिन्धुपाल्चोकमा २१ जना र बाजुरामा १ जना रहेका छन् र उनीहरूको खोजी भइरहेको नेपाल प्रहरीले जनाएको छ । बाढी तथा पहिरोमा परेका सिन्धुपाल्चोकमा ९४ जना, सल्यानमा ८ जना, दाङमा ४ जना र कञ्चनपुरमा ३ जना गरी १०९ जनाको उद्धार गरिएको छ ।

यसैबीच पानीको बहाव बढ्न गई महाकाली नदीको टापुमा फसेका तीन जनाको उद्धार गरिएको छ । भीमदत्त नगरपालिका–१० गड्डाचौकी बस्ने २४ वर्षीय राजेन्द्र टमटा, २० वर्षीय राम टमटा र २८ वर्षीय पर्मा तिरुवालाई शुक्रबार राति सकुशल उद्धार गरिएको हो ।

शारदा ब्यारेजस्थित कालीझाला जंगलबाट भैंसी लिएर घर फर्कने क्रममा उनीहरु उक्त टापुमा फसेका थिए ।
बाढी र पहिरोमा परी एक सातामा १७ जनाको मृत्यु

५ असार, काठमाडौं । पछिल्लो एक सातामा अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी १७ जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकमा ३ जना, डोटीमा ३ जना, सप्तरी, काभ्रे, गोरखा, जुम्ला, अर्घाखाँची, पाल्पा, कास्की, कालिकोट, बाजुरा, बझाङ र प्युठानमा १÷१ जनाको मृत्यु भएको हो ।

३० जेठदेखि शनिबार दिउँसोसम्म आएको बाढी, पहिरो र डुबानमा परी १७ जना घाइते भएका छन् । उनीहरुमध्ये सिन्धुपाल्चोकमा ५ जना, म्याग्दी र डोटीमा ३÷३ जना, जुम्लामा २ जना, कास्की, स्याङजा, चितवन र सल्यानमा १÷१ जना रहेका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।

बाढी पहिरोमा परी २२ जना बेपत्ता भएका छन् । सिन्धुपाल्चोकमा २१ जना र बाजुरामा १ जना रहेका छन् र उनीहरूको खोजी भइरहेको नेपाल प्रहरीले जनाएको छ । बाढी तथा पहिरोमा परेका सिन्धुपाल्चोकमा ९४ जना, सल्यानमा ८ जना, दाङमा ४ जना र कञ्चनपुरमा ३ जना गरी १०९ जनाको उद्धार गरिएको छ ।

यसैबीच पानीको बहाव बढ्न गई महाकाली नदीको टापुमा फसेका तीन जनाको उद्धार गरिएको छ । भीमदत्त नगरपालिका–१० गड्डाचौकी बस्ने २४ वर्षीय राजेन्द्र टमटा, २० वर्षीय राम टमटा र २८ वर्षीय पर्मा तिरुवालाई शुक्रबार राति सकुशल उद्धार गरिएको हो ।

शारदा ब्यारेजस्थित कालीझाला जंगलबाट भैंसी लिएर घर फर्कने क्रममा उनीहरु उक्त टापुमा फसेका थिए ।

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?