बाढी र पहिरोमा परी एक सातामा १७ जनाको मृत्यु

काठमाडौं,असार ५ । पछिल्लो एक सातामा अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी १७ जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकमा ३ जना, डोटीमा ३ जना, सप्तरी, काभ्रे, गोरखा, जुम्ला, अर्घाखाँची, पाल्पा, कास्की, कालिकोट, बाजुरा, बझाङ र प्युठानमा १÷१ जनाको मृत्यु भएको हो ।

३० जेठदेखि शनिबार दिउँसोसम्म आएको बाढी, पहिरो र डुबानमा परी १७ जना घाइते भएका छन् । उनीहरुमध्ये सिन्धुपाल्चोकमा ५ जना, म्याग्दी र डोटीमा ३÷३ जना, जुम्लामा २ जना, कास्की, स्याङजा, चितवन र सल्यानमा १÷१ जना रहेका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।

बाढी पहिरोमा परी २२ जना बेपत्ता भएका छन् । सिन्धुपाल्चोकमा २१ जना र बाजुरामा १ जना रहेका छन् र उनीहरूको खोजी भइरहेको नेपाल प्रहरीले जनाएको छ । बाढी तथा पहिरोमा परेका सिन्धुपाल्चोकमा ९४ जना, सल्यानमा ८ जना, दाङमा ४ जना र कञ्चनपुरमा ३ जना गरी १०९ जनाको उद्धार गरिएको छ ।

यसैबीच पानीको बहाव बढ्न गई महाकाली नदीको टापुमा फसेका तीन जनाको उद्धार गरिएको छ । भीमदत्त नगरपालिका–१० गड्डाचौकी बस्ने २४ वर्षीय राजेन्द्र टमटा, २० वर्षीय राम टमटा र २८ वर्षीय पर्मा तिरुवालाई शुक्रबार राति सकुशल उद्धार गरिएको हो ।

शारदा ब्यारेजस्थित कालीझाला जंगलबाट भैंसी लिएर घर फर्कने क्रममा उनीहरु उक्त टापुमा फसेका थिए ।
बाढी र पहिरोमा परी एक सातामा १७ जनाको मृत्यु

५ असार, काठमाडौं । पछिल्लो एक सातामा अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी १७ जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकमा ३ जना, डोटीमा ३ जना, सप्तरी, काभ्रे, गोरखा, जुम्ला, अर्घाखाँची, पाल्पा, कास्की, कालिकोट, बाजुरा, बझाङ र प्युठानमा १÷१ जनाको मृत्यु भएको हो ।

३० जेठदेखि शनिबार दिउँसोसम्म आएको बाढी, पहिरो र डुबानमा परी १७ जना घाइते भएका छन् । उनीहरुमध्ये सिन्धुपाल्चोकमा ५ जना, म्याग्दी र डोटीमा ३÷३ जना, जुम्लामा २ जना, कास्की, स्याङजा, चितवन र सल्यानमा १÷१ जना रहेका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।

बाढी पहिरोमा परी २२ जना बेपत्ता भएका छन् । सिन्धुपाल्चोकमा २१ जना र बाजुरामा १ जना रहेका छन् र उनीहरूको खोजी भइरहेको नेपाल प्रहरीले जनाएको छ । बाढी तथा पहिरोमा परेका सिन्धुपाल्चोकमा ९४ जना, सल्यानमा ८ जना, दाङमा ४ जना र कञ्चनपुरमा ३ जना गरी १०९ जनाको उद्धार गरिएको छ ।

यसैबीच पानीको बहाव बढ्न गई महाकाली नदीको टापुमा फसेका तीन जनाको उद्धार गरिएको छ । भीमदत्त नगरपालिका–१० गड्डाचौकी बस्ने २४ वर्षीय राजेन्द्र टमटा, २० वर्षीय राम टमटा र २८ वर्षीय पर्मा तिरुवालाई शुक्रबार राति सकुशल उद्धार गरिएको हो ।

शारदा ब्यारेजस्थित कालीझाला जंगलबाट भैंसी लिएर घर फर्कने क्रममा उनीहरु उक्त टापुमा फसेका थिए ।

ताजा खबर

मंगलबार झलारीमा शुक्लाफाँटा कृषि व्यापार मेला

कल्पना साउद, कार्तिक २४ मंगलबारदेखि कञ्चनपुरको झलारीमा तेस्रो शुक्लाफाँटा कृषि,...

भवानी कालिका कन्स्ट्रक्सन प्रालिद्वारा पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष धामीको उपचारका लागि आर्थिक सहयोग

आदित्य जोशी, कञ्चनपुर, कार्तिक २४ भवानीं कालिका कन्स्ट्रक्सन प्रालिले नेपाल...

सवारी दुर्घटना न्यूनिकरण गर्न भवानी कालिकाको प्रयास

धर्मराज कठायत कञ्चनपुर, कार्तिक २४ कञ्चनपुरका दिनदिनै हुने सवारी दुर्घटना...

ग्रामिण भेगका महिलाको अधिकारको मुद्दा उठानका लागि मियो बन्दै सामुदायिक सुरक्षा जालो

कल्पना साउद कञ्चनपुर, २३ कार्तिक कञ्चनपुरका ग्रामिण भेगका महिलाको...

लक्ष्मी मावि बागफाँटामा चार कोठे भवन

शुनिल राना कार्तिक २१ महेन्द्रनगर । शुनिल राना, कार्तिक २१...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?