भारत तस्करी हुन लागेको केराउ बेलौरीमा बरामद

कञ्चनपुर: कञ्चनपुरको बेलौरीमा ठूलो परिमाणमा केराउ सहितको समान बरामद भएको छ । बिहीबार ईप्रका बेलौरी प्रहरीले बरामद परेको केराउ सहितको समानबारे गुपचुप राखेको छ । केही संचारकर्मीले ईलाका प्रहरी कार्यालय बेलौरीका इन्चार्ज कमल कुमार रोकायासंग सो समान बारे बुझ्दा उनले वास्तविकता नै बताउन नचाहेपनि उक्त समान बेलौरीका ठूलै तस्करको भएको स्रोत बताउँछ । तल्ला दर्जाका प्रहरीले भारती तस्करी हुन लागेको समान थापा चौराह क्षेत्रबाट बरामद गरेर इलाका प्रहरी कार्यालय पु¥याएका थिए ।

बिहान बरामद भएको समान दिउँसोसम्म पनि समान वैद्य अवैध बारे प्रहरीले मुख नखोलेपनि स्थानीयले भने प्रहरी तस्करसंग बार्किनिङ्गमा जुटेर ठूला तस्करमा समान बरामद गरेपनि सेटिङ्गमा मिलाउने तर, साना तस्करका समान बरामद गरेर भन्सार पु¥याउने बताएका छन । ठूला तस्करसंग झुकेर अवैध समान बैद्य बनाए त्यस बिरुद्धमा स्थानीय व्यवसायीले बेलौरी प्रहरी बिरुद्धमा आन्दोलनको चेतावनी दिएका छन । ठूला तस्करसंग डराए वा कुनै लोभ लालचमा फसेर अवैध समान बैद्य बनाउन नहुने स्थानीय व्यवसायीको तर्क छ । सीमा क्षेत्रमा केराउ कसरी पु¥यो, त्यो अवैध र तस्करी होईन भनेर स्थानीय प्रशन गरिरहेका छन । उक्त समान छुटाउन ठूलो बार्किनिङ्ग चलेको व्यवसायीको दावि छ ।

ताजा खबर

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?