भारत तस्करी हुन लागेको केराउ बेलौरीमा बरामद

कञ्चनपुर: कञ्चनपुरको बेलौरीमा ठूलो परिमाणमा केराउ सहितको समान बरामद भएको छ । बिहीबार ईप्रका बेलौरी प्रहरीले बरामद परेको केराउ सहितको समानबारे गुपचुप राखेको छ । केही संचारकर्मीले ईलाका प्रहरी कार्यालय बेलौरीका इन्चार्ज कमल कुमार रोकायासंग सो समान बारे बुझ्दा उनले वास्तविकता नै बताउन नचाहेपनि उक्त समान बेलौरीका ठूलै तस्करको भएको स्रोत बताउँछ । तल्ला दर्जाका प्रहरीले भारती तस्करी हुन लागेको समान थापा चौराह क्षेत्रबाट बरामद गरेर इलाका प्रहरी कार्यालय पु¥याएका थिए ।

बिहान बरामद भएको समान दिउँसोसम्म पनि समान वैद्य अवैध बारे प्रहरीले मुख नखोलेपनि स्थानीयले भने प्रहरी तस्करसंग बार्किनिङ्गमा जुटेर ठूला तस्करमा समान बरामद गरेपनि सेटिङ्गमा मिलाउने तर, साना तस्करका समान बरामद गरेर भन्सार पु¥याउने बताएका छन । ठूला तस्करसंग झुकेर अवैध समान बैद्य बनाए त्यस बिरुद्धमा स्थानीय व्यवसायीले बेलौरी प्रहरी बिरुद्धमा आन्दोलनको चेतावनी दिएका छन । ठूला तस्करसंग डराए वा कुनै लोभ लालचमा फसेर अवैध समान बैद्य बनाउन नहुने स्थानीय व्यवसायीको तर्क छ । सीमा क्षेत्रमा केराउ कसरी पु¥यो, त्यो अवैध र तस्करी होईन भनेर स्थानीय प्रशन गरिरहेका छन । उक्त समान छुटाउन ठूलो बार्किनिङ्ग चलेको व्यवसायीको दावि छ ।

ताजा खबर

एसईई उत्र्तिण विद्याथीलाई एलबिएको सम्मान

कञ्चनपुर, असार २८ कञ्चनपुरकोे एक निजी विद्यालयले माध्यामिक परीक्षा...

माओवादी केन्द्र भीमदत्त नगर ५को सम्मेलन, अध्यक्षमा तिरुवा

 कञ्चनपुर, असार २८ नेकपा माओवादी केन्द्र भीमदत्त नगरपालिका ५नम्बर वडाको...

नवराज भट्टको काँधमा बैजनाथ मावि पिटिए

डिल्लीराज पन्त, असार २७ कञ्चनपुर महेन्द्रनगरको बैजनाथ माध्यामिक विद्यालय...

सुदूरका युवा उद्यमी चन्द औद्योगिक तथा लगानी प्रर्बद्धन बोड सदस्यमा नियुक्त

कञ्चनपुर, असार २७ सुदूरपश्चिम प्रदेशका एक युवा उद्यमी औद्योगिक तथा...

विष्णू मन्दिर सडक मापदण्ड अनुरुप गुणस्तरिय बनाउन स्थानीयको माग

कञ्चनपुर २६ असार । कञ्चनपुरको उत्तरी भेग विष्णू मन्दिर सडक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?