बाढीपहिरोले सिन्धुपालचोकमा ७ जनाको मृत्यु

सिन्धुपालचोक: अविरल वर्षापछि आएको बाढीका कारण सिन्धुपालचोकमा अहिलेसम्म ७ जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकस्थित मेलम्ची नदीमा आएको बाढीले हेलम्बुमा ७ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले जानकारी दिनुभयो ।

मृत्यु हुनेहरूको पहिचान खुलिसकेको छैन । बाढीले अन्य बजारसमेत डुबाएकाले अरु व्यक्तिको पनि मृत्यु भएको हुनसक्ने अनुमान गरिएको भए पनि पुष्टि भने भएको छैन । स्थानीय सरकार उद्धारमा जुटेका छन् ।

उद्धारका लागि हिंडेर जान सक्ने स्थिति नभएकाले नेपाली सेनाको हेलिकोप्टर र अन्य निजी हेलिकप्टरलाई परिचालन गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिनुभएको छ ।

मेलम्चीमा आएको बाढीका कारण धेरै मानिस सम्पर्कविहीन बनेका छन् । बाढीले मेलम्ची बजार, हेलम्बुको तिम्बु बजार र चनौटे भन्ने बजार पुरै डुबानमा पारेको छ ।

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?