बाढीपहिरोले सिन्धुपालचोकमा ७ जनाको मृत्यु

सिन्धुपालचोक: अविरल वर्षापछि आएको बाढीका कारण सिन्धुपालचोकमा अहिलेसम्म ७ जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकस्थित मेलम्ची नदीमा आएको बाढीले हेलम्बुमा ७ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले जानकारी दिनुभयो ।

मृत्यु हुनेहरूको पहिचान खुलिसकेको छैन । बाढीले अन्य बजारसमेत डुबाएकाले अरु व्यक्तिको पनि मृत्यु भएको हुनसक्ने अनुमान गरिएको भए पनि पुष्टि भने भएको छैन । स्थानीय सरकार उद्धारमा जुटेका छन् ।

उद्धारका लागि हिंडेर जान सक्ने स्थिति नभएकाले नेपाली सेनाको हेलिकोप्टर र अन्य निजी हेलिकप्टरलाई परिचालन गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिनुभएको छ ।

मेलम्चीमा आएको बाढीका कारण धेरै मानिस सम्पर्कविहीन बनेका छन् । बाढीले मेलम्ची बजार, हेलम्बुको तिम्बु बजार र चनौटे भन्ने बजार पुरै डुबानमा पारेको छ ।

ताजा खबर

दार्चुलामा तुइनबाट खसेर एकजनाको मृत्यु

दार्चुला – दार्चुलामा तुइनबाट महाकाली नदीमा खसेर एक जनाको मृत्यु...

महाकाली सिचाई आयोजनाको मूल नहरको उदघाटन हुन नसक्दा किसानहरु पानी पाउन बाट वन्चित

महेन्द्रनगर । राष्ट्रिय गौरबको आयोजनाको रुपमा अघि बढिरहेको महाकालि...

दुग्ध उत्पादक किसानहरु लाई खप्तड कृषि सहकारी द्धारा मिल्क क्यान सहयोग

महेन्द्रनगर ।कञ्चनपुरको खप्तड कृषि सहकारीले दुध व्यवशायलाई सुदृढ गर्न...

अब अन्तरिक्षमा ब्रेन ट्युमरको उपचार हुने

बेलायती अन्तरिक्ष एजेन्सीले २ वटा नयाँ मिसनलाई अन्तरिक्षमा प्रक्षेपण...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?