सुदूरपश्चिमका नदीमा पानीको बहाव बढ्न सक्ने, सतर्कता अपनाउन आग्रह

कञ्चनपुरः- सुदूरपश्चिमका नदीमा पानीको बहाव बढ्न सक्ने भन्दै सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

आज मुलुकका केही स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालमा मनसुनको आगमन भइसकेको हुँदा पश्चिमी तथा पूर्वी भू–भागमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखा अन्तरतको नेपाल बाढी सूचनाले सुदूरपश्चिम प्रदेशको पहाडी तथा मध्यपहाडी भूभाग भई बहने केही स–साना सहायक नदीहरुमा क्षणिक मध्यम वर्षा भई बहाव बढ्नसक्ने बताएको छ।

साथै केही साना नदीमा आकस्मिक बहाव पनि हुनसक्ने पूर्वानुमान रहेकोले स्थानका स–साना नदी जलाधारमा सतर्कता अपनाउन समेत आग्रह गरेको छ।

 

ताजा खबर

कञ्चनपुरमा ‘जेनजी’ आन्दोलन उग्र, दर्जनौं संरचनामा तोडफोड र आगजनी

कञ्चनपुर, भदौ २७ – कञ्चनपुरमा चलिरहेको ‘जेनजी’ आन्दोलन हिंसात्मक...

जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्यो

काठमाडौं भदौ,  २६ । जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको...

हट्यो,उपत्यकामा दिउँसोको कर्फ्यु

भदौ २७ काठमाडौं । नेपाली सेनाले काठमाडौं उपत्यकामा दिउँसोको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?