कञ्चनपुरमा अवैध काठसहित फर्निचर उद्योग सञ्चालक पक्राउ

कञ्चनपुर,२६ जेठ । कञ्चनपुरमा ठूलो परिमाणको अवैध काठसहित फर्निचर उद्योग सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको भीमदत्त नगरपालिका–१० जिमुवामा रहेको हुनैनाथ फर्निचर उद्योगका सञ्चालक २६ वर्षीय रमेश भट्ट रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले गोप्य सूचनाका आधारमा उद्योगमा खानतलासी गर्दा ३४०.४१ क्यूफिट आँप, टुडी,मसला, सिसम लगायतको अवैध काठ बरामद गरेको जानकारी दिए ।

बरामद गरिएको काठसहित सञ्चालक भट्टलाई आवश्यक कारवाहीका लागि जिल्ला सव डिभिजन वन कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक थापाले बताए । यस्तै बुधबार बिहान प्रहरीले बेलौरी नगरपालिका वडा नम्बर ४ बाट समेत बेवारिसे अवस्थाको काठ बरामद गरेको छ ।

प्रवक्ता प्रहरी नायब उपरीक्षक थापाका अनुसार ८.४७ क्युफिट काठ बरामद गरिएको हो । उक्त काठ आवश्यक कारवाहीका लागि सब डिभिजन वन कार्यालय पचकडियामा बुझाइएको प्रहरीले जनाएको छ ।

ताजा खबर

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?