निषेधाज्ञाका कारण किसानलाई मल पाउन सकस

कञ्चनपुर, २६ जेठ । गत साता संयुक्त अनुगमन टोलीले महेन्द्रनगर बजारको तिरुपति ट्रेडर्सको गोदाममा ठूलो परिमाणमा अवैध रासायनिक मेल फेला पारेपछि गोदाम सिल गर्यो । किराना पसलको गोदाममा भेटिएको साढे ३ सय बोरा मलको विषयमा जिल्ला प्रशासन कार्यालयले छानविन गरिरहेको छ ।

टोलीले गत साता नै कञ्चनपुरको वेदकोट नगरपालिकाको सुडामा एक एग्रोभेटमा भेटिएको ७ कट्टा मल बरामद गरी भन्सार कार्यालयलाई बुझाएको छ । अन्य थप ४ वटा सहकारी र एग्रोभेटमा सिल गरिएको छ । जिल्ला प्रहरी कार्यालयको टोलीले वेदकोट नगरपालिका—७ झजपुरास्थित चक्र फर्सवानको गोठमा भेटिएको ३ सय ९१ बोरा रासायनिक मल बरामद गरी भन्सार कार्यालय बुझाएको छ । भारतबाट अवैध रूपमा भित्रिएको उक्त मल महेन्द्रनगरस्थित तिरुपति बालाजीकै भएको प्रहरीले जनाएको छ ।

लामो समयदेखिको निषेधाज्ञाका कारण किसानहरूले रासायनिक मल पाउन सकेका छैनन् । तर व्यापारीहरूले अवैध रूपमा भित्रिएका मल दोब्बर मूल्यमा बिक्री गरिरहेका छन् । महेन्द्रनगर बजारमै तथा ग्रामीण भेगमा समेत मलको कालोबजारी भइरहेको छ । कतिपय सहकारीहरूले समेत अवैध मल बिक्री गरिरहेका छन् । यसैगरी सरकारी अनुदानको मलसमेत अवैध रूपमा एग्रोभेटहरूमा बिक्री भइरहेको छ ।

‘तिरुपति र ४ एग्रोभेटमा सिल गरिएको छ,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी अमरबहादुर थापाले भने, ‘करिब ४ सय बोरा बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको छ ।’ उनका अनुसार अधिकांश मल भारतबाट अवैध रूपमा भित्रिएको हो । व्यापारीहरूले ग्रामीण भेगमा समेत गोदाममा थन्क्याएका छन् ।

भारतबाट भित्रिएको गुणस्तरहीन मल अहिले ग्रामीण भेगमा दोब्बर मूल्यमा बिक्री भइरहेको छ । डेढरदुई हजार प्रतिब्याग पर्ने उक्त मल अहिले तीनरसाढे तीन हजारमा बिक्री भइरहेको छ । ‘यो मल ६ महिनासम्म पनि गल्दैन ९पग्लिँदैन०,’ भीमदत्त नगरपालिका— १० का कृषक रामसिंह कार्कीले भने, ‘अहिले महँगो पनि धेरै भएको छ ।’

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी अशोक भण्डारीकाअनुसार तिरुपति बालाजीले मलखाद बिक्रीको अनुमति लिएको भए पनि उक्त गोदाममा भएको मलको विषयमा अनुसन्धान भइरहेको बताए । उनले व्यवसायीले आवश्यक कागजातहरू बुझाएको र त्यसको अध्ययन भइरहेको बताए ।

‘हामी अनुसन्धानमै छौं, सबै कागजात मगाएका छौं,’ सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले भने, ‘उक्त मल अवैध भएमा आवश्यक कारबाही अगाडि बढाइन्छ ।’ उनले अनुसन्धान नसकिँदासम्म गोदामको सिल नखोलिने बताए । जिल्लाको दक्षिणी क्षेत्र बेलौरी, पुनर्बास र बेलडाडी तथा महाकालीपारिको दोधारा–चाँदनी क्षेत्रबाट भारतीय मलको अवैध आयात हुने गरेको छ ।

ताजा खबर

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?