डोटीमा कोरोना सङ्क्रमितका घरैमा पुगेर स्वास्थ्य सामग्री

डोटी, २६ जेठ । जिल्लामा पछिल्लो समय दैनिकरूपमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या थपिँदै जान थालेपछि उनीहरुको जीवनरक्षाका लागि यहाँका विभिन्न सङ्घसंस्थाले घरैमा पुगेर स्वास्थ्य सामग्री प्रदान गर्न थालेका छन्।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार दोस्रो चरणको कोरोना भाइरसका कारण जिल्लामा कम्तीमा पनि एक हजार १०० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। जिल्लामा कोरोना सङ्क्रमण निको हुने क्रमसँगै बढ्ने क्रम बढी देखिएको स्वास्थ्यकर्मी बताउँछन्। यसै सिलसिलामा कोरोना सङ्क्रमण भएका व्यक्ति तथा उनीहरुका परिवारको सुरक्षाका लागि जिल्लामा कार्यरत सम विकास केन्द्र नामक गैरसरकारी संस्थाले सङ्क्रमितका घरैमा पुगेर स्वास्थ्य सामग्री प्रदान गर्ने अभियान सञ्चालन गरेको छ।

विदेशी दातृ निकाय एक्सनएड नेपालको सहकार्यमा उक्त संस्थाले जिल्लाको दिपायल सिलगढी नगरपालिकामा रहेका कोरोना सङ्क्रमणमा परेका व्यक्तिका परिवारलाई स्वास्थ्य सामग्री प्रदान गर्ने अभियान सञ्चालन गरेको संस्थाका अध्यक्ष अधिराज बिसीले बताए। उनका अनुसार संस्थाले मङ्गलबार नगरपालिकाको वडा नम्बर ५ को होमआइसोलेशनमा रहेका ३४ कोरोना सङ्क्रमितका घरपरिवारका सदस्यलाई घरैमा पुगेर स्वास्थ्य सामग्री वितरण गरेको छ।

वडाका अन्य नागरिकमा कोरोना भाइरसको सङ्क्रमण नफैलियोस् तथा कोरोनाबाट जोगिन सावधानी अपनाउन् भन्ने उद्देश्यले होमआइसोलेशनमा रहेका घरपरिवारका व्यक्तिलाई स्वास्थ्य तथा सरसफाइका सामग्री स्यानिटाइजर, सर्जिकल मास्क, पल्स अक्सिमिटर, डिजिटल थर्मोमिटर, साबुन, पेपर टावेल र स्यानिटरी प्याडसहित प्रतिपरिवार दुई हजार २२७ बराबर सामग्री वितरण गरिएको संस्थाका पूर्वअध्यक्ष केशव परियारले बताए।

सामग्री वितरणका साथै विश्वव्यापीरूपमा फैलिरहेको कोभिड–१९ को महामारीबाट बच्न, रोकथाम गर्न, सुरक्षा मापदण्डको पालना गर्न पोष्टरमार्फत सचेतनामूलक जानकारी गराइएको बताइएको छ।

ताजा खबर

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?