६,६३६ जना संक्रमणमुक्त, ३,४७९ जनामा संक्रमण

काठमाडौं, जेठ २३ गते । नेपालमा कोरोनाभाइरसका तीन हजार २४ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा दश हजार ४७१ नमूनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण सार्बजनिक गर्न आयोजना गरेको प्रेस ब्रिफिङमा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित छ लाख नाघेको छ । पछिल्लो १५ दिनमा मात्रै एक लाख सङ्क्रमित थपिएका छन् । मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले कुल सङ्क्रमित छ लाख एक हजार ६९३ पुगेको बताउनुभयो । आइतबार प्रति एक सय जनाको परीक्षण गर्दा २८.९ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार चौबीस घण्टामा तीन हजार २६२ जनाको एन्टीजेन परीक्षण गरिएकोमा ४५५ जनामा पोजेटिभ पाइएको छ । हाल ७३१ ज्ना क्वारेन्टिनमा छन् ।
मन्त्रालयले आइतबार चौबीस घण्टामा छ हजार ६३६ जना कोरोनामुक्त भएको जनाएको छ । हालसम्म चार लाख ९१ ह्जार नौ जना कोरोनामुक्त भएका हुन् । सोही अबधिमा ९९ जना सङ्क्रमितको मृत्यु भएको छ । नेपालमा कोरोना सङ्क्रमणबाट हालसम्म सात हजार ८९८ जनाको मृत्यु दत्र्ता गरिएको छ ।

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?