भीमदत्त नगरपालिकाद्धारा १७ वटा मेडिकल तथा क्लिनिकमा अनुगमन

महेन्द्रनगर
कञ्चनपुरको भीमदत्त नगरपालिकाले महेन्द्रनगर बजार क्षेत्रमा रहेका मेडिकल तथा क्लिनिकमा अनुगमन गरेको छ । मंगलबार नगरपालिकाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय,वडा प्रहरी कार्यालय,उपभोक्ता हित संरक्षण मंच र पत्रकार महासंघ कञ्चनपुरका प्रतिनिधि लगायतको टोलिले बजार अनुगमन गरेको हो ।

अनुगमन टोलीको संयोजक तथा भीमदत्त नगरपालिकाका प्रशासकीय अधिकृत सुवास अभिकारीले स्थानीय तहलाई प्राप्त अधिकार अन्र्तगत बजार अनुगमन गरिएको बताउनु भयो । उहाँका औषधि ऐन २०३५, औषधि दर्ता नियमावली २०३८, जनस्वास्थ्य सेवा ऐन,२०७५ र भीनपाको स्थानीय स्वास्थ्य सेवा ऐन,२०७६ बमोजिम मेडिकल तथा क्लिनिकहरू सञ्चालन भए÷नभएका, कानून सम्मत तवरले काम गरे÷नगरेकाबारे अनुगमन गरिएको हो । साथै उपभोक्ता संरक्षण ऐन, २०७५ ले सुनिश्चित गरेको उपभोक्ताको संवैधानिक अधिकारको कार्यान्वयन गराउन स्थानीय बजार अनुगमन टोलीबाट निरीक्षण गरिएको उहाँको भनाई छ ।

अनुगमन गरिएका १७ मेडिकल तथा क्लिनिक मध्ये ३ वटालाई नगरपालिकामा दर्ता हुन र ४ वटालाई दर्ता नवीकरण गर्न लिखित निर्देशन दिईएको छ भने १० वटालाई कानून बमोजिम स्वास्थ्य सेवा प्रवाह गर्न हुन मौखिक निर्देशन दिइएको प्रशासकीय अधिकृत अधिकारीले बताउनु भयो ।
साथै नगरपालिकाले आगामी दिनमा पनि बजार अनुगमन कार्यलाई निरन्तरता दिदैँ कानुन विपरित ठहरिए कसुरको प्रकृति हेरी मौद्रिक दण्ड र जरिवाना गरिने समेत गर्ने योजना रहेको उहाँले बताउनुु भयो ।

साथै बजार अनुगमन कार्यमा सहयोग गर्नहुन नगरवासी,व्यापारी, पत्रकार तथा सरोकारवाला निकायसँग उहाँले आग्रह समेत गर्नुभयो । अनुमन समितिको निर्देशान अनुसार व्यवसाय दर्ता तथा नवीकरण पश्चात भीमदत्त नगरपालिकाको राजव्स बढ्ने र उपभोत्ताले पनि सहज र सुलभ सेवा पाउने नगरपालिकाको अपेक्षा छ । नगरपालिकाले आईतबार पनि महेन्द्रनगर बजारमा छड्के अनुगमन गरेको थियो ।

भीमदत्त नगरपालिकी उप–प्रमुख शुसिला चन्द सिंहले निशेधाज्ञा तथा महामारीको समयमा हुने सक्ने कालो बजारी लक्षीत गरि बजार अनुमगन गरिएको बताउनु भयो । उहाँले सुपथ मुल्यमा स्वच्छ उपभोग्य वस्तु उपभोग गर्न पाउनु नागरिकको अधिकार भएको उल्लेख गदैँ उहाँले नगरपालिका त्यसमा सचेत रहेको बताउनु भयो । साथै उपभोत्तालाई पनि कालो बजारी लगायतबारे सुचना उपलब्ध गराउन तथा आफु पनि सचेत हुन उहाँले आग्रह गर्नु भयो । साथै भीमदत्त नगरपालिकाका उन्नाइसै वडाका ग्रामीण बजारमा रहेका पसलहरूको क्रमशः अनुगमन गरिने नगरपालिकाले जनाएको छ ।

 

ताजा खबर

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

क्वारेन्टाइन र भन्सार छल्दै भित्रिन्छन् भारतीय कृषि उपज, नेपाली किसानको उत्पादनले पाउँदैन बजार

कञ्चनपुरका कागती किसानको गुनासो : ‘हामीले पसिना बगाएर उत्पादन...

भारतमा हुने सांस्कृतिक महोत्सवमा करन सिंह पाल प्रमुख अतिथिका रूपमा सहभागी हुने

कञ्चनपुर। सामाजिक अभियन्ता तथा घुसुडी महोत्सवका संयोजक करन सिंह...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?