सुदूरपश्चिमका ९ जिल्लालाई कति बजेट

धनगढी: संघीय सरकारले आर्थिक वर्ष २०७८/०७९ मा सुदुरपश्चिम प्रदेश सरकारलाई पठाउने विभिन्न प्रकारको अनुदान गरी १४ अर्ब ५८ करोड वित्तीय हस्तान्तरण गर्ने भएको छ।
सरकारले सवै प्रदेशलाई गर्न लागेको अन्तरसरकारी वित्तीय हस्तान्तरणको कुल १ खर्ब ३ अर्ब ७० करोड २५ लाख रुपैयाँमध्ये सुदूरपश्चिम प्रदेश सरकारलाई १४ अर्ब ५८ करोड वित्तीय हस्तान्तरण गर्ने भएको हो।
सुदूरपश्चिम प्रदेशमा सवैभन्दा बढी कैलाली जिल्लालाई वित्तीय हस्तान्तरण हुने भएको छ। भने सवैभन्दा कम डडेल्धुरालाई वित्तीय हस्तान्तरण हुने भएको हो।
कञ्चनपुर
कञ्चनपुर जिल्ल्लालाई ३ अर्ब ५७ करोड वित्तीय हस्तान्तरण हुने भएको छ। ९ स्थानीय तह रहेको कञ्चनपुरलाई समानीकरण, सशर्त, समपूरक र विशेष गरी ३ अर्ब ५७ करोड अनुदान रकम हस्तान्तरण हुने भएको हो।
कैलाली
कैलाली जिल्ल्लालाई ६ अर्ब ५ करोड वित्तीय हस्तान्तरण हुने भएको छ । १३ स्थानीय तह रहेको कैलालीलाई समानीकरण, सशर्त, समपूरक र विशेष गरी ६ अर्ब ५ करोड अनुदान रकम हस्तान्तरण हुने भएको हो।
 दार्चुला
दार्चुला जिल्ल्लालाई २ अर्ब ९९ करोड वित्तीय हस्तान्तरण हुने भएको छ। ९ स्थानीय तह रहेको दार्चुलालाई समानीकरण, सशर्त, समपूरक र विशेष गरी २ अर्ब ९९ करोड हस्तान्तरण हुने भएको हो।
 डोटी
डोटी जिल्ल्लालाई २ अर्ब ८५ करोड रुपैयाँ वित्तीय हस्तान्तरण हुने भएको छ। ९ स्थानीय तह रहेको डोटीलाई समानीकरण, सशर्त, समपूरक र विशेष गरी २ अर्ब ८५ करोड हस्तान्तरण हुने भएको हो।
डडेल्धुरा
डडेल्धुरा जिल्ल्लालाई २ अर्ब ४० करोड वित्तीय हस्तान्तरण हुने भएको छ । ७ स्थानीय तह रहेको डडेल्धुरालाई समानीकरण, सशर्त, समपूरक र विशेष गरी २ अर्ब ४० करोड हस्तान्तरण हुने भएको हो।
बाजुरा
बाजुरा जिल्ल्लालाई २ अर्ब ६७ करोड वित्तीय हस्तान्तरण हुने भएको छ। ९ स्थानीय तह रहेको बाजुरालाई समानीकरण, सशर्त, समपूरक र विशेष गरी २ अर्ब ६७ करोड वित्तीय हस्तान्तरण हुने भएको हो।
 बैतडी
बैतडी जिल्ल्लालाई ३ अर्ब ६५ करोड वित्तीय हस्तान्तरण हुने भएको छ। १० स्थानीय तह रहेको बैतडीलाई समानीकरण, सशर्त, समपूरक र विशेष गरी ३ अर्ब ६५ करोड हस्तान्तरण हुने भएको हो।
अछाम
अछाम जिल्ल्लालाई ३ अर्ब ४२ करोड वित्तीय हस्तान्तरण हुने भएको छ। १० स्थानीय तह रहेको बछामलाई समानीकरण, सशर्त, समपूरक र विशेष गरी ३ अर्ब ४२ करोड हस्तान्तरण हुने भएको हो।
 बझाङ
बझाङ जिल्ल्लालाई ३ अर्ब ६८ करोड वित्तीय हस्तान्तरण हुने भएको छ। १२ स्थानीय तह रहेको बझाङलाई समानीकरण, सशर्त, समपूरक र विशेष गरी ३ अर्ब ६८ करोड हस्तान्तरण हुने भएको हो।

 

ताजा खबर

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

महिलाको सशक्तीकरणमा ‘एम्पावरिङ हर’ परियोजनाको उल्लेखनीय उपलब्धि

कञ्चनपुर, १६ भदौ । कञ्चनपुरमा महिलाको आर्थिक, सामाजिक तथा नेतृत्व...

बहुवर्षीय ठेक्का वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?