देशभर थप ४,३६९ जनामा कोरोना संक्रमण, १०९ संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४ हजार ३६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा थप ४ हजार ३६९ जनामा संक्रमण भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहा–प्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार विगत २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १० हजार ९८६ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। पीसीआर विधिबाट गरिएको नमूना परीक्षणका क्रममा जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित पाँच लाख ५७ हजार ७९१ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०९ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा सात हजार २७२ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

हाल ७६३ जना क्वारेन्टिनमा छन् ।

ताजा खबर

दार्चुलामा तुइनबाट खसेर एकजनाको मृत्यु

दार्चुला – दार्चुलामा तुइनबाट महाकाली नदीमा खसेर एक जनाको मृत्यु...

महाकाली सिचाई आयोजनाको मूल नहरको उदघाटन हुन नसक्दा किसानहरु पानी पाउन बाट वन्चित

महेन्द्रनगर । राष्ट्रिय गौरबको आयोजनाको रुपमा अघि बढिरहेको महाकालि...

दुग्ध उत्पादक किसानहरु लाई खप्तड कृषि सहकारी द्धारा मिल्क क्यान सहयोग

महेन्द्रनगर ।कञ्चनपुरको खप्तड कृषि सहकारीले दुध व्यवशायलाई सुदृढ गर्न...

अब अन्तरिक्षमा ब्रेन ट्युमरको उपचार हुने

बेलायती अन्तरिक्ष एजेन्सीले २ वटा नयाँ मिसनलाई अन्तरिक्षमा प्रक्षेपण...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?