कार्यविधिका आधारमा परीक्षा

भक्तपुर, जेठ १५ गते । सूर्यविनायक नगरपालिकाले कार्यविधि बनाएर विद्यार्थीको परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ । कोरोनाको दोस्रो लहरका कारण रोकिएका परीक्षा सञ्चालन गर्न सो नगरपालिकाले परीक्षा सञ्चालन तथा व्यवस्थापन कार्यविधि निर्माण गरी कार्यान्वयन गर्ने तयारी गरेको हो । नगरपालिका प्रमुख एवं शिक्षा समितिका संयोजक वासुदेव थापाले कोरोनाको सङ्क्रमणमा तत्काल कमी हुने स्थिति नदेखिएको र परीक्षाको अन्योल हटाउन नगरपालिकाले परीक्षा सञ्चालन एवं व्यवस्थापन कार्यविधि निर्माण गरी कार्यान्वयन गर्न लागेको बताउनुभयो ।
कक्षा १ देखि ७ सम्म विद्यालयले विद्यार्थीको अन्तिम मूल्याङ्कन गर्दा २५ प्रतिशत प्रथमः परीक्षा, २५ प्रतिशत अर्धवार्षिक, २५ प्रतिशत प्रयोगात्मक र २५ प्रतिशत निरन्तर विद्यार्थी मूल्याङ्कनबाट नतिजा तयार गरी परीक्षा सम्पन्न गर्ने व्यवस्था मिलाउनुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ । निरन्तर विद्यार्थी मूल्याङ्कनअन्तर्गत सम्बन्धित कक्षा शिक्षकले प्रत्यक्ष वा भर्चुअल माध्यमबाट हाजिर वा उपस्थिति भएको विद्यार्थीलाई गृहकार्य र परियोजना कार्य, कक्षा कार्य र कक्षामा सहभागिता, व्यवहार परिवर्तन र अतिरिक्त वा सक्रिय क्रियाकलाप लगायत व्यवस्था कार्यविधिमा गरिएको छ ।
कक्षा ८ र ९ का विद्यार्थीको यसअघि लिइएका प्रथमः त्रैमासिक परीक्षालाई ३०, अर्धवार्षिकलाई ४०, परियोजना र गृहकार्य १०, हाजिर १० र कक्षमा सहभागिता पाँच र अतिरिक्त क्रियाकलाप पाँच गरी एक सय पूर्णाङ्कलाई आधार मानिनेछ । सम्बन्धित विषय शिक्षकले तयार गरी पेस गरिएका विद्यार्थीको प्राप्ताङ्क रुजु प्रमाणीकरण गरी अभिलेख सुुरक्षित राख्नुपर्नेछ ।
सम्बन्धित विद्यालयका प्रधानाध्यापकको अध्यक्षतामा सम्बन्धित कक्षा शिक्षक र विषय शिक्षक सदस्य रहेको समितिले परीक्षा सञ्चालन गर्ने कार्यविधिमा व्यवस्था गरिएको छ । नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एवं नगर शिक्षा समितिका सदस्य रवीन्द्र सापकोटाले नगरपालिकाले निर्माण गरेको कार्यविधिअनुसार नगरपालिकाका सबै विद्यालयको अन्तिम परीक्षा सञ्चालन हुने
जानकारी दिनुभयो ।

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?