बझाङको केदारस्युँमा खानेपानीको हाहाकार, एक जर्किन पानी भर्न एक दिन

तरुणा जोशी, बझाङः बझाङको केदारस्यँ गाउँपालिकामा खानेपानीको हाहाकार भएको छ।
गाउँपालिकाको वडा नम्बर ७ काँडाचौरमा खानेपानीको हाहाकार भएको हो। सो गाउँका एक जना परिवारका सदस्यको काम पानी बोक्ने मात्र राखिएको हुन्छ।

एक जर्किन पानीका लागि एक दिन खर्चीनुपर्ने हुन्छ। १ सय ५० घरधुरी रहेको काँडाचौरमा खानेपानीको समस्या रहेको स्थानीय न्युमा धामीले गुनासो सुनाइन्। उनका अनुसार खानेपानी कै कारण झगडा समेत हुँदै आएको छ।गाउँका दाजुभाइहरुको समेत पानीका कारण बोलचाल समेत बन्द भएको उनले बताइन्।

मानिसका लागि दैनिक आवस्यक पर्ने पानीसंगै गाई–गोरुका लागि पनि पानी छैन्। परिवारको संख्या वृद्धि भएको र पानीको मुहान सुक्दै गएकाले पानीको समस्या विकराल भएको स्थानीय बताउछन्। केही वर्ष अगाडी गाउँमा धारा बनाउने भनेर सामान बोकेर गाउँसम्म ल्याएपनि धारा नबनेको स्थानीय दिपेन्द्र भण्डारीले बताए। स्थानीय सरकार आएको ४ वर्ष बितिसक्दा पनि खानेपानीको समेत उचित व्यवस्थापन नभएको भन्दै उनीहरुले आक्रोस व्यक्त गरेका छन्। काँडाचौर मात्र नभएर भामचौर वासीको समस्या पनि उस्तै छ। पानी नभएका कारण कतिपय मानिसहरूले अन्तै बसाइसराई समेत गरेका स्थानीय धनबहादुर धामीले बताए।यता केदारस्यु गाउँपालिकाका अध्यक्ष इन्द्र बहादुर भण्डारीले प्रदेश र गाउँपालिका दुवै ठाउँबाट रकम छुटाइएको र यो वर्षबाट खानेपानीको सर्वे गरी काम सुरु गर्ने बताए। धेरै गाउँहरूमा खानेपानीको समस्या रहेकाले अन्य नियकायहरुसंग पनि त्यस विषयमा समन्वय भइरहेको गाउँपालिका अध्यक्ष भण्डारीले बताए।

ताजा खबर

जेनजी आन्दोलन, मेरो दाईजोका समान पनि लुटेर लगे ः कुसुम, राजकीय पदमै नभएका पुर्व मेयर सुरेन्द्र विष्टको घरमा हमला

  कञ्चनपुर, भदौँ २९ हिन्सात्मक बनेको जेनजी आन्दोलन कञ्चनपुरमा निर्वतमान गृहमन्त्री...

दुर्गाथली गाँउपालिकाले जेनजी आन्दोलनमा मासिएका बझाङ्कबासीलाई जनही एकलाख राहत दिने 

कञ्चनपुर, भदौँ २९  जेनजी आन्दोलनमा क्रममा मारिएका सुदूरपश्चिम प्रदेश बझाङ्कमा...

सडक विभागकै निर्देशन विपरित, प्रशासनको अनुमती बिनै दाङ पुगेको महाकाली पुल आयोजनाको गाडीमा तोडफोड आगजनी 

  कञ्चनपुर, २९ भदौँ  २४ भदौँ(मंगलबार) देशभर जेनजी आन्दोलन रणभूमिमा परिणत...

कञ्चनपुरमा ‘जेनजी’ आन्दोलन उग्र, दर्जनौं संरचनामा तोडफोड र आगजनी

कञ्चनपुर, भदौ २७ – कञ्चनपुरमा चलिरहेको ‘जेनजी’ आन्दोलन हिंसात्मक...

जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्यो

काठमाडौं भदौ,  २६ । जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?