आठ हजार ३८७ थपिए, छ हजार ४०४ कोरोनामुक्त, १६९ को मृत्यु

काठमाडौं, जेठ ११ गते । नेपालमा कोरोनाभाइरसका आठ हजार ३८७ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा २२ हजार ३०६ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित पाँच लाख २८ हजार ८४८ पुगेको जनाएको छ । पछिल्लो चौबीस घण्टामा छ हजार ४०४ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म चार लाख चार हजार ८८७ जना कोरोनामुक्त भइसकेका छन् ।
हाल एक लाख १७ हजार २६१ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । कोरोनाबाट निको हुने दर ७६.६ प्रतिशत छ । हालसम्म २९ लाख ५८ हजार ६२० नमूना परीक्षण गरिएको छ ।
मन्त्रालयले चौबीस घण्टामा १६९ जना सङ्क्रमितको मृत्यु भएको उल्लेख गरेको छ । नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट छ हजार ७०० जनाको मृत्यु भएको छ ।
हाल ७१४ जना क्वारेन्टिनमा छन् ।

ताजा खबर

तिलाचौरका समाजसेवी युवा उद्यमी देउवाले बनाईदिए निजी लगानीमा खानेपानी योजना 

सन्जु महर कञ्चनपुर, ३० जेठ कञ्चनपुरका एक युवाले निजी लगानीमा खानेपानी...

बहुमतको युवा संगठनद्वारा न्यायाधिश थारुलाई मोसो

कञ्चनपुर, जेठ २९ नेकपा बहुमत निकट युवा संगठनले उच्च...

जन्मदिनको अवसरमा भीमदत्त २का निर्वतमान वडाध्यक्ष कार्कीद्वारा क्यान्सरपीडितलाई उपचार खर्च 

कञ्चनपुर, जेठ २९  कञ्चनपुरका युवा एव भीमदत्त नगरका निर्वतमान एक...

भीमदत्तमा सडक बत्ती, जनतालाई सहता सगै दुर्घटनाबाट सुरक्षित बन्दै  

कञ्चनपुर, २९ जेठ । कञ्चनपुरको भीमदत्त नगरपालिकामा सडक बत्ती जडान...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?