आठ हजार ३८७ थपिए, छ हजार ४०४ कोरोनामुक्त, १६९ को मृत्यु

काठमाडौं, जेठ ११ गते । नेपालमा कोरोनाभाइरसका आठ हजार ३८७ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा २२ हजार ३०६ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित पाँच लाख २८ हजार ८४८ पुगेको जनाएको छ । पछिल्लो चौबीस घण्टामा छ हजार ४०४ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म चार लाख चार हजार ८८७ जना कोरोनामुक्त भइसकेका छन् ।
हाल एक लाख १७ हजार २६१ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । कोरोनाबाट निको हुने दर ७६.६ प्रतिशत छ । हालसम्म २९ लाख ५८ हजार ६२० नमूना परीक्षण गरिएको छ ।
मन्त्रालयले चौबीस घण्टामा १६९ जना सङ्क्रमितको मृत्यु भएको उल्लेख गरेको छ । नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट छ हजार ७०० जनाको मृत्यु भएको छ ।
हाल ७१४ जना क्वारेन्टिनमा छन् ।

ताजा खबर

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

क्वारेन्टाइन र भन्सार छल्दै भित्रिन्छन् भारतीय कृषि उपज, नेपाली किसानको उत्पादनले पाउँदैन बजार

कञ्चनपुरका कागती किसानको गुनासो : ‘हामीले पसिना बगाएर उत्पादन...

भारतमा हुने सांस्कृतिक महोत्सवमा करन सिंह पाल प्रमुख अतिथिका रूपमा सहभागी हुने

कञ्चनपुर। सामाजिक अभियन्ता तथा घुसुडी महोत्सवका संयोजक करन सिंह...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?