त्रिविको परीक्षा फारम अनलाइनबाटै भर्न सकिने

काठमाडौँ,९ जेठ । त्रिभुवन विश्वविद्यालयको परीक्षा फारम अनलाइनबाटै भर्न सकिने भएको छ। आइतबार त्रिविले सूचना प्रकाशित गरि परीक्षा फारम भर्न विद्यार्थीलाई सूचित गरेको छ। कोभिड–१९ को दोस्रो लहर चलेपछि त्रिविले परीक्षा फारम भर्न स्थगित गरेको थियो। अब विद्यार्थीले अनलाईनबाट पनि भर्न सकिने व्यवस्था गरेको छ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयका अनुसार १० देखि २० जेठसम्म सम्बन्धित क्याम्पसबाट फारम भर्न सकिनेछ। क्याम्पसमा गएर फारम भर्न नसकिने अवस्थामा विद्यार्थीले १० देखि २० जेठसम्म अनलाईनबाटै भर्न सक्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

 

कोरोनाको दोस्रो लहर चलेपछि काठाडौं उपत्यका लगायत ७५ जिल्लामा निषेधाज्ञा लगाइएको छ। जसका कारण त्रिविले परीक्षा फारम भर्न स्थगित गरेको थियो।

त्यस्तै, त्रिविले पहिलो वर्षका विद्यार्थीको वार्षिक परीक्षा साउनभित्र सम्पन्न गरिने जनाएको छ। त्यसका लागि छिट्टै परीक्षा तालिका सार्वजनिक गरिने सूचनामा उल्लेख छ। यसअघि कोरोनाका कारण त्रिविले सबै तहका परीक्षा स्थगित गरेको थियो।

ताजा खबर

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

क्वारेन्टाइन र भन्सार छल्दै भित्रिन्छन् भारतीय कृषि उपज, नेपाली किसानको उत्पादनले पाउँदैन बजार

कञ्चनपुरका कागती किसानको गुनासो : ‘हामीले पसिना बगाएर उत्पादन...

भारतमा हुने सांस्कृतिक महोत्सवमा करन सिंह पाल प्रमुख अतिथिका रूपमा सहभागी हुने

कञ्चनपुर। सामाजिक अभियन्ता तथा घुसुडी महोत्सवका संयोजक करन सिंह...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?