त्रिविको परीक्षा फारम अनलाइनबाटै भर्न सकिने

काठमाडौँ,९ जेठ । त्रिभुवन विश्वविद्यालयको परीक्षा फारम अनलाइनबाटै भर्न सकिने भएको छ। आइतबार त्रिविले सूचना प्रकाशित गरि परीक्षा फारम भर्न विद्यार्थीलाई सूचित गरेको छ। कोभिड–१९ को दोस्रो लहर चलेपछि त्रिविले परीक्षा फारम भर्न स्थगित गरेको थियो। अब विद्यार्थीले अनलाईनबाट पनि भर्न सकिने व्यवस्था गरेको छ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयका अनुसार १० देखि २० जेठसम्म सम्बन्धित क्याम्पसबाट फारम भर्न सकिनेछ। क्याम्पसमा गएर फारम भर्न नसकिने अवस्थामा विद्यार्थीले १० देखि २० जेठसम्म अनलाईनबाटै भर्न सक्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

 

कोरोनाको दोस्रो लहर चलेपछि काठाडौं उपत्यका लगायत ७५ जिल्लामा निषेधाज्ञा लगाइएको छ। जसका कारण त्रिविले परीक्षा फारम भर्न स्थगित गरेको थियो।

त्यस्तै, त्रिविले पहिलो वर्षका विद्यार्थीको वार्षिक परीक्षा साउनभित्र सम्पन्न गरिने जनाएको छ। त्यसका लागि छिट्टै परीक्षा तालिका सार्वजनिक गरिने सूचनामा उल्लेख छ। यसअघि कोरोनाका कारण त्रिविले सबै तहका परीक्षा स्थगित गरेको थियो।

ताजा खबर

महेन्द्रनगरमा मदरल्याण्ड मण्टेश्वरी विद्यालय संचालन 

कञ्चनपुर, जेठ २  कञ्चनपुरकोे महेन्द्रनगरमा सुविधा सम्पन्न एक मण्टेश्वरी विद्यालय...

महाकाली नदीमा बाढीको विपदपूर्व तयारी सयुक्त कृत्रिम नमुना अभ्यास प्रदर्शन

कञ्चनपुर, ३१ वैसाख कञ्चनपुरको महाकाली नदीमा नेपाली सेना, नेपाल प्रहरी...

एक दशकदेखि कञ्चनपुरका चार पक्की पुल अलपत्र

कञ्चनपुर, ३० बैशाख । कञ्चनपुरमा विगत एक दशकदेखि चार पक्की...

भीमदत्त १८का वडा सदस्य बस्नेतद्वारा बेदकोटका खेलाडीलाई खेलकुद समाग्री

  कञ्चनपुर, ३०  बैशाख । कञ्चनपुरको भीमदत्त नगरपालिका १८का वडा सदस्य...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?