टीकापुरमा थन्किए भेन्टिलेटर कोरोना संक्रमित उपचारका लागि बाहिर

 

टीकापुर, ९ जेठ । कैलालीको टीकापुर अस्पतालमा उपचाररत कोरोना संक्रमित एक महिलालाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने भयो ।

अस्पतालका भेन्टिलेटर दक्ष जनशक्तिको अभावमा प्रयोग भएनन् । उनलाई महँगो भाडा तिरेर हेलिकप्टरबाट चितवन लगियो । उनको उपचार जारी छ ।

अक्सिजनको हाहाकार भइरहेको टीकापुरमा भेन्टिलेटरको सुविधा पनि नभएपछि उपचारका लागि बाहिर लैजाने परेको ती महिलाका आफन्तले बताए ।

केही दिनअघि टीकापुर अस्पतालमा उपचार गराइरहेका टीकापुर–१ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषका आफन्तले पनि यस्तै पीडा बेहोरे । उनले भेन्टिलेटरको खोजी गरी कोहलपुर लैजाने निर्णय गरे । गम्भीर अवस्थाका उनको बाटैमा ज्यान गयो । यहाँ भेन्टिलेटर नभएर बिरामीले सास्ती खेप्नु परेको भने होइन । अस्पतालको सघन उपचार कक्षमा सात थान भेन्टिलेटर छन् । तर, ती प्रयोगमा आएका छैनन् ।

अस्पतालमा भेन्टिलेटर सञ्चालनका लागि आवश्यक जनशक्ति नहुँदा महामारीमा पनि प्रयोगमा आउन नसकेको हो । कोरोना संक्रमितलाई श्वासप्रश्वासको गम्भीर समस्या हुने भएकाले यतिबेला भेन्टिलेटर प्रयोग निकै आवश्यक पर्ने स्वास्थ्यकर्मी बताउँछन् ।

‘एकदमै कम अक्सिजन भएका बिरामीलाई कृत्रिम श्वासको व्यवस्था गर्न भेन्टिलेटर प्रयोग गरिन्छ,’ अस्पताल प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा रेमकुमार राईले भने, ‘भेन्टिलेटर सञ्चालनमा नआउँदा कतिपय बिरामी रेफर भएर गएका छन् ।’

डा। राईका अनुसार प्रदेश स्वास्थ्य तालिम केन्द्रले भेन्टिलेटर सञ्चालनको सामान्य तालिम लिएका डाक्टरले सञ्चालन गर्ने भनी पत्राचार गरेको छ ।

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?