निर्वाचनको तयारीमा जुट्यो आयोग,आजबाट मतदाता नामावली दर्ता रोकिने

काठमाडौं, ९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीहरूलाई घोषित मितिमा निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका छन् ।

शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा आयोगका पदाधिकारीहरूसँग छलफल गर्नुहुँदै प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले निर्वाचन अपरिहार्य भएकाले नै मुलुक निर्वाचनतर्फ अगाडि बढेको स्पष्ट गरेका थिए । प्रधानमन्त्रीसँगको छलफलमा निर्वाचन आयोगका सबै आयुक्त र सचिव गएका थिए । आगामी कात्तिक २६ र मङ्सिर ३ गते प्रतिनिधि सभाको निर्वाचन तोकिएको छ ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अहिलेको अवस्था र निर्वाचन गर्नुपर्ने कारणलगायतका विषयमा प्रधानमन्त्रीसँग छलफल गरिएको जानकारी दिँदै तुरुन्तै निर्वाचन व्यवस्थापनको काम थाल्ने विषयमा कुराकानी भएको बताए । उनले भने, “निर्वाचन आयोग भोलिदेखि नै आफ्नो संवैधानिक जिम्मेवारी निर्वाह गर्न क्रियाशील हुनेछ ।”

निर्वाचनका लागि कानुनी प्रावधानअनुसार आयोगको काम अगाडि बढ्ने स्पष्ट पार्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, “निर्वाचन घोषणा भएदेखि मतदाता नामावली दर्ता रोक्नुपर्ने कानुनी व्यवस्था छ । तसर्थ आइतबारबाट यो कार्य रोकिने छ ।”

सकेसम्म एकै चरणमा चुनाव गर्ने, सुरक्षाको व्यवस्था, आवश्यक बजेटको तयारी र स्रोत–साधनको तयारीमा आयोग जुट्ने थपलियाले स्पष्ट पारे । निर्वाचनका लागि पर्याप्त समय भएको चर्चा गर्दै उनले १२० दिन आवश्यक पर्नेमा त्योभन्दा बढी नै समय भएको बताए ।

ताजा खबर

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

क्वारेन्टाइन र भन्सार छल्दै भित्रिन्छन् भारतीय कृषि उपज, नेपाली किसानको उत्पादनले पाउँदैन बजार

कञ्चनपुरका कागती किसानको गुनासो : ‘हामीले पसिना बगाएर उत्पादन...

भारतमा हुने सांस्कृतिक महोत्सवमा करन सिंह पाल प्रमुख अतिथिका रूपमा सहभागी हुने

कञ्चनपुर। सामाजिक अभियन्ता तथा घुसुडी महोत्सवका संयोजक करन सिंह...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?