शनिबार सुदूरपश्चिममा १० जना संक्रमितको मृत्यु, थप ५२३ जनामा कोरोना पुस्टि, ४२१ जना निको भए

शनिबार सुदूरपश्चिम प्रदेशका ७ वटा प्रयोगशालामा ११०५ नमूना पीसीआर तथा ५ वटा सीमानाकामा ४३९ नमूना ऐन्टिजेन विधिबाट परीक्षण भएका छन्।

पछिल्लो २४ घण्टामा दुवै विधिबाट गरेर कूल १५४४ नमूना परीक्षण गर्दा ५२३ जनाको रिपोर्ट पोजेटिभ आएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ।

पीसीआर विधिबाट परीक्षण गर्दा ४८३ जना संक्रमित भेटिएका छन् भने, ऐन्टिजेन विधिबाट परीक्षण गर्दा ४० जनामा संक्रमण पुस्टि भएको छ।

सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल, डडेल्धुरा अस्पताल, जिल्ला अस्पताल डोटी, बैतडी अस्पताल, बझाङ्ग अस्पताल र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ११०५ जनाको नमूना परिक्षण गर्दा थप ४८३ जनामा संक्रमण पुस्टि भएको निर्देशनालयले जनाएको छ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ७५२ नमूना परीक्षण गर्दा २६८ जना, महाकाली अस्पतालमा ५७ नमूना परीक्षण गर्दा ४० जना, डडेल्धुरा अस्पतालमा ९२ नमूना परीक्षण गर्दा २५ जना, डोटी अस्पतालमा २९ नमूना परीक्षण गर्दा २१ जना, बझाङ्ग अस्पतालमा ७९ नमूना परीक्षण गर्दा ३९ जना र अछामको कमलबजार अस्पतालमा ९६ जनाको नमूना परीक्षण गर्दा ९० जनामा कोरोना संक्रमण पुस्टि भएको हो।

हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा २ लाख ९ हजार २ सय २८ नमूना परीक्षण गर्दा ३५ हजार ११९ जनामा संक्रमण फेला परेको छ।

प्रदेशभर संक्रमण पुस्टि भएका १८ हजार ५ सय ३३ जनाले कोरोना जितेका छन् भने, ४२८ जनाको मृत्यु भएको छ।

सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ भने, ५२१ जना संक्रमित निको भएका छन्।

पछिल्लो २४ घण्टामा कञ्चनपुरका २, बैतडी १ र कैलालीका ७ जना गरी १० जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।

ताजा खबर

इन्जिनियरिङ शिक्षा तर्फ विद्यार्थीको आकर्षण बढाउन शिक्षामन्त्रीद्वारा सरोकारवालासँग छलफल

काठमाडौँ,८ साउन  शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपालमा इन्जिनियरिङ शिक्षाको...

महेन्द्रनगरमा ‘फोफो’ अवधारणासहित एनसेलको नयाँ ग्राहक सेवा केन्द्र सञ्चालन कञ्चनपुर...

लाइसेन्स तथा ब्लुबुक भएका अटोमा नम्बरिङ सुरु, ट्राफिक जाँचलाई व्यवस्थित बनाइँदै

कञ्चनपुर ०७ साउन ट्राफिक प्रहरि कार्यालय कञ्चनपुरले ट्राफिक जाँचलाई व्यवस्थित...

भीमदत्तका १९ वटै वडाका महिलालाई तीनदिने वित्तीय साक्षरता तालिम

कञ्चनपुर, ४ श्रावण  महिला सशक्तीकरण कार्यक्रमअन्तर्गत वित्तीय साक्षरतासम्बन्धी तीनदिने तालिम...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?