शनिबार सुदूरपश्चिममा १० जना संक्रमितको मृत्यु, थप ५२३ जनामा कोरोना पुस्टि, ४२१ जना निको भए

शनिबार सुदूरपश्चिम प्रदेशका ७ वटा प्रयोगशालामा ११०५ नमूना पीसीआर तथा ५ वटा सीमानाकामा ४३९ नमूना ऐन्टिजेन विधिबाट परीक्षण भएका छन्।

पछिल्लो २४ घण्टामा दुवै विधिबाट गरेर कूल १५४४ नमूना परीक्षण गर्दा ५२३ जनाको रिपोर्ट पोजेटिभ आएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ।

पीसीआर विधिबाट परीक्षण गर्दा ४८३ जना संक्रमित भेटिएका छन् भने, ऐन्टिजेन विधिबाट परीक्षण गर्दा ४० जनामा संक्रमण पुस्टि भएको छ।

सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल, डडेल्धुरा अस्पताल, जिल्ला अस्पताल डोटी, बैतडी अस्पताल, बझाङ्ग अस्पताल र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ११०५ जनाको नमूना परिक्षण गर्दा थप ४८३ जनामा संक्रमण पुस्टि भएको निर्देशनालयले जनाएको छ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ७५२ नमूना परीक्षण गर्दा २६८ जना, महाकाली अस्पतालमा ५७ नमूना परीक्षण गर्दा ४० जना, डडेल्धुरा अस्पतालमा ९२ नमूना परीक्षण गर्दा २५ जना, डोटी अस्पतालमा २९ नमूना परीक्षण गर्दा २१ जना, बझाङ्ग अस्पतालमा ७९ नमूना परीक्षण गर्दा ३९ जना र अछामको कमलबजार अस्पतालमा ९६ जनाको नमूना परीक्षण गर्दा ९० जनामा कोरोना संक्रमण पुस्टि भएको हो।

हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा २ लाख ९ हजार २ सय २८ नमूना परीक्षण गर्दा ३५ हजार ११९ जनामा संक्रमण फेला परेको छ।

प्रदेशभर संक्रमण पुस्टि भएका १८ हजार ५ सय ३३ जनाले कोरोना जितेका छन् भने, ४२८ जनाको मृत्यु भएको छ।

सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ भने, ५२१ जना संक्रमित निको भएका छन्।

पछिल्लो २४ घण्टामा कञ्चनपुरका २, बैतडी १ र कैलालीका ७ जना गरी १० जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।

ताजा खबर

अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा भाग लिन नेपाली खेलाडी भारत प्रस्थान

कञ्चनपुर, ६ कार्तिक भारतको नोएडामा आयोजना हुने दोस्रो ओकिनावा...

लागूऔषध दुरुपयोग रोकथाममा जोड, भीमदत्त–७ मा जनचेतनामूलक कार्यक्रम

कञ्चनपुर, ३१ असोज लागूऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका लागि जनचेतना...

महेन्द्रनगरमा कात्तिक ५ देखि रामलीला महोत्सव, बाढीपीडितलाई सहयोग गरिने

कञ्चनपुर ३१ असोज कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्चमा आगामी कात्तिक ५ गतेदेखि...

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?